रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा दुई दर्जन बढी कलाकार एकै मञ्चमा

रग्बी वर्ल्ड कप टुर, नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्युजिक कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम मङ्सिर २२ गते शनिवार टुँडिखेलमा हुनेछ । शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ुलाउरेु, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ । कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको आयोजकले बताएका छन ।
यो पनि पढ्नुहोस्:
विपिन कार्कीको खुट्टामा स्टिल हालिदै

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.