प्रसादको हाइपसँगै दर्शकमा अपेक्षा बढ्यो, मेकरलाई चुनौती

सुत्र इन्टरटेन्मेन्ट- गतबर्ष पर्व सिनेमाको साथमा दर्शकमाझ आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई दर्शकले लामो समयको अन्तरालपछि प्रसाद सिनेमामा देख्नेछन् । नम्रतालाई भूमिका फरक गर्न मन लाग्छ । फरक भूमिकाका लागि उनी मेहेनत पनि गर्छिन् । यही भएर पनि होला प्रसादको प्रचार सामाग्रीमा नम्रताको काम देखिएको छ ।

अभिनेत्री नम्रता श्रेष्ठ प्रसादलाई लिएर निकै नै आशावादी देखिएकी छिन् । किनकी, यो सिनेमाले नेपाली समाजको वास्तविकता चित्रित गरेको छ । यसैले पनि नम्रताले यो सिनेमालाई लिएर भरोसा जताएकी हुन् ।

सिनेमा प्रसादले निसन्तान दम्पत्तीको कथालाई देखाउने छ । सुशिल पौडेलले लामो समयको रंग पत्रकारिताको अनुभवलाई यसपटक सिनेमाको कथामा उतारेका छन् ।
दिनेश राउत संवदनशिल सिनेमा बनाउन सिपालु छन् । उनको स्टाइलको सिनेमा प्रसाद बनेको छ ।

सुवास थापाले बनाएको सिनेमामा विपिन कार्की नम्रताका श्रीमान्को भूमिकामा देखिएका छन् । निश्चल बस्नेत मित्रताको विचमा खेल खेल्ने खेलाडीको भूमिकामा छन् ।

सिनेमाको प्रचार सामाग्रीबाट पाएको प्रतिक्रियाले नम्रतालाई डर पनि छ । किनकी, सिनेमाको हाइप जति माथि हुँदै जान्छ, दर्शकको चाहना पनि सिनेमाप्रति उती नै बढ्न थाल्छ । यसैले पनि नम्रता दर्शकले सिनेमाबाट गरेको चाहना पुरा नहुने हो कि भन्ने कुराले चिन्तित पनि छिन् ।

तर, जे भएपनि प्रसादले लामो समयपछि हाइप पाएको छ । यसले हाइप अनुसार दर्शकको चाहना पुरा गर्न सक्यो भने पक्कै व्यापारिक रुपमा पनि सफलता हात पार्नेछ ।
यो पनि पढ्नुहोस्:
विपिन कार्कीको खुट्टामा स्टिल हालिदै

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.