अमिताभ बच्चनले तिरिदिए एक हजार तीन सय ९८ किसानको बैंक ऋण

भारतमा कयौ किसानहरु बैंक ऋणका कारण आत्मा हत्या गरिरहेको अवस्थामा बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानको बैंक ऋण तिरिदिएका छन् ।

उनले बैंक ऋणमा डुबेका सम्पूर्ण किसानको ऋण चुक्ता गरिदिएका हुन् । भने उनले ७० जना किसानहरुलाई मुम्बई बोलाएर बैंकको दस्तावेज हस्तान्तरण गर्ने योजना बनाएका छन् ।

मुम्बई आउनका लागि उनले ७० जना किसानलाई रेलको एउटा डिब्बासमेत रिजर्भ गरिदिएका छन् । २६ नोभेम्बरमा उनीहरु मुम्बई जाने र अमिताभको हातबाट ऋण चुक्ताको दस्तावेज लिने भारतीय संचार माध्यमले जनाएको छ ।
यो पनि पढ्नुहोस्:
प्रियंकाको विवाह दुई दिन दुई परम्परा अनुसार हुने

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.