फिल्मको निर्माण जुँवा जस्तै, एकपटक डुब्दा फेरि आउने आशा

जब मानिस जुँवा खेल्न बस्छ, केही पैसा गुमाउँछ या कमाउँछ । पैसा गुमाउँदा फेरि कमाउने आशा हुन्छ र उसले पैसा थप्दै जान्छ । पैसा कमाउँदा अझै कमाउने आशा हुन्छ र झनै खेल्न थाल्छ । यो लोभमा उसले अझै धेरै गुमाएको पत्तो नै पाउँदैन ।

नेपाली सिनेमाको निर्माण पनि जुँवा जस्तै भएको छ । सिनेमाको लगानी बालुवामा पानी भन्ने उखान त पुरानो भयो । सिनेमामा लगानी मुर्गाको खानी भन्दा के होला अब ? किनकी, अहिले त सिनेमाको लगानी हेर्दा मुर्गाको नै बर्चस्व छ ।

तर, सिनेमा निर्माणमा लागिसकेपछि करोडौ डुबेपनि निर्माताले अर्को बनाउन छाड्दैनन् । सिनेमा सुश्री बनाएर डुबेकी आशिका तामाङ अर्को सिनेमा बनाउन कस्सिएकी छिन् । सुश्रीमा १ करोड भन्दा धेरै डुबाएको उनको अनुभव छ । तर, पनि उनी अर्को सिनेमा बनाएर पैसा कमाउने धुनमा छिन् र अर्को सिनेमा बनाउन लागेकी छिन् ।

सिनेमाको लगानी जुँवा हो भन्ने उदाहरण निर्माता हसनराजा खानलाई हेर्दा पनि हुन्छ । उनले बनाएको पहिलो सिनेमा अलबिदा डुबेको थियो । कतारमा बसेर कमाएको रकमले अलबिदा बनाएका उनी डुबे । त्यसपछि फेरि कतारमै गएर रकम कमाएर उनले रोमियो बनाए । रोमियो पनि डुब्यो । रोमियो डुबेपछि अहिले उनी दुबइ पुगेका छन् । उनले केही बर्षमा फेरि अर्को सिनेमा बनाउने जमर्को गर्ने पक्का नै हो ।

निर्माता एम के पौडेलको अवस्था पनि उही नै हो । नाइन ओ क्लकदेखि राज्जा रानी, रुद्रप्रियामा त उनले देखिने गरि नै लगानी गरेका छन् । उनले नदेखिने गरी लगानी गरेका सिनेमा अन्य आधा दर्जन छन् । तर, सबै फिल्मबाट उनी डुबे नै । तर, जती डुबेपनि उनलाई कमाउने आशा मरेको छैन । उनी अब एकसाथ ३ वटा सिनेमा बनाउन लागिपरेका छन् । राज्जा रानी २ बनाउने तयारी त उनले थालिसकेका छन् ।

नेपाली सिनेमा बनाएर नडुब्ने निर्माताको संख्या बर्षमा ५ होला । आधा प्रतिशत निर्माता त सिनेमामा लगानी गरेर कती कमाइन्छ भन्ने नवुझेर नै आउँछन् । सिनेमा निर्माण अगावै करोडौ खर्च गर्न तयार हुने निर्माता सिनेमा रिलिजसम्म थन्किन्छन् र पुर्पुरोमा हात राख्छन् । तर, छक्का पन्जा, रामकहानी, नाई नभन्नु ल ५ लगायतका सिनेमाले देश र विदेशमा कमाएको देखेका निर्माता पैसा आकाशबाट यसै झर्छ भन्ने सोचेर लगानी गर्छन् ।

एउटा सिनेमाबाट मुर्गा भएपछि फेरि त्यसलाई उठाउन लोभमा करोड स्वाहा बनाउने निर्माताको संख्या त यहाँ ९० प्रतिशत छ । बाठा निर्माताले पैसा उठाएका छन् । अरु बाँकी त एउटाले डुबाए अर्कोले उठाउलानी भन्ने आशामा हिड्दा हिड्दै रोडपति बन्ने गरेका छन् । तर, पनि सिनेमा निर्माणमा आउने यस्ता मुर्गा निर्माताको कमी छैन । सिनेमा बनाउनका लागि निर्माता फकाउने पनि उस्तै, फकिने निर्माता पनि उस्तै । के सधै यसरी नै चल्ने हो त सिनेमा क्षेत्र ?
यो पनि पढ्नुहोस्:
नाम चलेका निर्देशकको गुम्दो ब्रान्ड

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.