चर्चित फिल्म ‘शत्रु गते’युटुबमा

चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ । बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक १५ मिनेटको सारांस फिल्ममा फिल्मको मुख्य मुख्य भागलाई समेटिएको छ ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।किरण केसीको प्रस्तुति रहेको चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

निर्देशक भट्टराई र दीपकराज गिरीले पटकथा लेखेका हुन् भने संवाद निर्देशक भट्टराई र कथाकार हरिवंश आचार्यले मिलेर तयार पारेका हुन् । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माताको रुपमा रहेका छन् ।
यो पनि पढ्नुहोस्:
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.