प्रसादको एक गीतमा नेपाल आइडलका बिक्रम बरालको स्वर

मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को तेस्रो गीत रेकर्ड गरिएको छ । बिहिबार काठमाडौंको नक्सालमा अवस्थीत एक स्टुडियोमा सिनेमाको तेस्रो गीत रेकर्ड गरिएको हो । बिहिबार रेकर्ड गरिएको गीतमा नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्प्रर्धी मध्येका एक बिक्रम बरालले स्वर भरेका छन् ।

यो गीतमा ‘प्रसाद’को चर्चित गीत ‘लै लै‘।’का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश रावतका अनुसार सिनेमाको यो गीत फिल्ममा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । भने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
फिल्म ‘डोली’को ट्रेलर सार्वजनीक

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.