फिल्म ’सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक

मङ्सिर २८ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’सुश्री सम्पति’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक भएको उक्त ट्रेलर ३मिनेट ९ सेकेन्डको रहेको छ जसमा सारा ,सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी लगाएत फिचर्ड रहेका छन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.