मस्ताङमा’विर विक्रम २’को छायांकन

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म विर विक्रम २ुको हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायाँकन भैरहेको छ । निर्देशक चाम्स विर विक्रम २ुको जम्बो टिम सहित केहीदिन पहिले मस्ताङ पुगेका थिए । छायाँकन चलिरहेको गीतमा फिल्मका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीलाई फिचर्ड गरिएको छ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । यो सिनेमाको अहिले मुस्ताङमा अहिले गीतको छायाँकन भैरहेको छ । कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

ुविर विक्रम २ुमा पुर्ण रुपमा नयाँ कथामा निर्माण भैरहेकाले यो फिल्म विर विक्रमको सिक्वेल नभएको निर्माण युनिटले जनाएको छ । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ुविर विक्रम २ुमा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.