बिहेपछि कोही हराए, कोही चम्किए

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री दीपिका प्रसाइले निर्देशक दिवाकर भट्टराइसँगको बिहे सम्बन्धलाई हालै मात्र सार्वजनिक गरिन् । दीपिका प्रसाई नेपाली फिल्ममा भर्खरै पाइला चालेकी अनिभेत्री हुन् । यही भएर पनि उनलाई बिहे गर्दा घाटा हुन्छ भन्ने तर्क धेरैको छ । हुनत, बिहेको खबर बाहिर आएपछि नै निर्मात्री पुनम गौतमको सिनेमाबाट उनले हात धुनु परेको छ । जबकी, दिवाकर आफैले निर्देशन गर्न लागेको नयाँ सिनेमामा दीपिकालाई हिरोइन बनाउने धुनमा लागेका छन् । बिहेले दीपिका प्रसाइको करिअरलाई फाइदा गर्ला या घाटा अहिले नै बताइहाल्न नमिल्ला । तर, सुरुवाती चरण भने झट्का लाग्दो नै छ ।

नेपाली फिल्मका कलाकारहरु २ सोचका साथ बिहे गर्छन् । कोही अब करिअर सकिन लाग्यो, घरजम गर्नुपर्छ भनेर बिहे गर्छन् । कोही बिहे गरेर करिअर जम्छ भन्ने सोचले बिहे गर्छन् । तर, धेरै कलाकारको भने बिहेपछि करिअर सकिएको छ ।

सबैजना झरना थापा, रेखा थापा नै नहोलान् । जसलाई बिहे फापेको छ । रेखा थापा बिहे गरेपछि नै सुपरस्टार भएकी हुन् भने झरना थापालाई निर्माता सुनिल कुमार थापासँग बिहे गरेपछि लक लाग्नु लाग्यो ।

तर, बिहे गरेपछि नेपालमै रहेतापनि अभिनेत्री रेजिना उप्रेतीको करिअर उठ्न सकेन । हुनत, उनको सिनेमा करिअर पहिले नै त्यस्तो भयंकर पनि होइन । तर, बिहेपछि उनी सेलाइन् ।

अभिनेत्री हर्षिका श्रेष्ठ पनि बिहेपछि सेलाइन् । बिहे अघि फाट्टफुट्ट काम पाइरहेकी हर्षिकाले बिहेपछि सिनेमाको यात्राबाट नै विश्राम लिएजस्तो देखिएको छ । बिहेले उनलाई फाइदा गरेन । व्यक्तिगत जीवन उनको सुखका साथ नै बितेको होला ।

बिहे गरेर अभिनेत्री झरना बज्रचार्य पनि हराइन् । मलेसियाका एक व्यापारीसँग बिहे गर्ने उनको योजना व्यक्तिगत जीवनका लागि सुखमय रह्यो भने फिल्मी करिअरका लागि ठन्डाराम नै रह्यो ।

अभिनेत्री नीशा अधिकारी पनि बिहेपछि सेलाइन् । बरु, बिहे गरेर सन्तानलाई जन्म दिन उनी अमेरिका पुगिन् । अब, निशा अधिकारीको सिनेमा लाइफ निरन्तर अघि बढ्छ भनेर भन्न सकिदैन ।

अभिनेता आर्यन सिग्देल पनि बिहे गरेपछि सेलाए । प्रेमिका सपना भण्डारीसँग बिहे गरेपछि आर्यनको फिल्मी करिअर कम घरबार बढी भयो । उनी यसपछि चलेका छैनन् । अभिनेता राजेश हमाल पनि बिहे गरेर घरजममै व्यस्त छन् । तर, हमालले त करिअर ओरालो लाग्न थालेपछि बिहे गरेका थिए ।

कलाकारको बिहे संचारमाध्यमका लागि केही समय चर्चामा रहेतापनि उनीहरुको फ्यान कम हुन थालेको देखिन्छ । कतिपयले घरयासी जीवनमा बढी समय दिदा फिल्मी करिअरलाई जोखिममा पनि पार्ने गरेका छन् । निखिल उप्रेती बिहेपछि नै चलेका थिए भने विराज भट्ट पनि विवाह गरेपछि मात्र फिल्ममा आएका थिए ।
बिहेले अभिनेताको भन्दा अभिनेत्रीको करिअरमा बढी असर गरेको पाइन्छ ।
यो पनि पढ्नुहोस्:
निर्माताको बानी, आफू पनि डुब्ने अरुलाई पनि सँगै डुबाउने

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.