कलाकारको प्रेम सम्बन्ध, स्वार्थ अनुसार कि सार्वजनिक कि गोप्य

सुत्र इन्टरटेन्मेन्ट- अहिले एउटा खबर हट केक बन्दैछ । नेपाली फिल्मका सुपरस्टार हिरो अनमोल केसी र नयाँ अभिनेत्री सारा सिर्पाली प्रेममा रहेको खबर सार्वजनिक हुन थालेको छ । यो बिषयमा केसी र सिर्पाली दुबैले मुख त खोलिसकेका छैनन् । तर, यी दुइको गोप्य प्रेमको खबर सार्वजनिक हुन थालेको हो ।

साराले अनमोलाई साथी मात्र भनेकी छिन् । अनमोल केसी मिडियामा कम आउने भएकाले पनि उनले यो बिषयमा मुख तत्काल खोल्ने संभावना छैन ।
तर, पनि सुश्री सम्पत्ती फिल्म रिलिज हुन लागेको समयमा आएको यो खबरले साराप्रति दर्शकको चासो बढ्नेछ ।

नेपाली फिल्मका कलाकारको प्रेम खबर यो पहिलो पटक भने होइन । कलाकारले प्रेमलाई २ प्रकारले प्रयोग गर्ने गरेका छन् । एउटा त प्रेमको खबरले लामो समयसम्म चर्चामा रहन पाइन्छ । अर्को त प्रेम गरेको कुरा स्विकार गर्दा पनि चर्चामा रहन पाइन्छ । अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले प्रेम स्विकार गरेपनि उनीहरुको क्रेज कम भएको छैन

विगत केही बर्षदेखि प्रेममा रहेको खबरले पोतिएका कलाकार हुन् अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । यी दुइले अहिलेसम्म प्रेम स्विकार गरेका छैनन् । तर, यी दुइको प्रेमको खबर फैलिएको र प्रेमकै बिषयमा यी दुइले अन्र्तवार्ता दिएको धेरै भैसक्यो । तर, अहिलेसम्म पल र आँचलले प्रेममा रहेको कुरा स्विकार गरिसकेका छैनन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले व्यापारी मयक खड्काक0को प्रेमको खबरलाई स्विकार नै गरिनन् । मयंकसँग केही बर्ष प्रेम गरेर उनको प्रेम टुट्यो पनि । अहिले उनी अर्का एक धनाढ्य व्यापारीका छोरासँग प्रेममा छिन । सँगै जन्मदिन पनि मनाएका भिडियो सार्वजनिक भैसकेका छन् । तर, साम्राज्ञीले देवांशु जंग बहादुर राणासँगको प्रेम तत्काल स्विकार गर्ने अवस्था छैन ।

करिब ४ बर्षदेखि एकसाथ बसेपनि अभिनेत्री दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराइले प्रेम कहिल्यै पनि स्विकार गरेनन् । बरु, थाइल्याण्डमा हनिमुन मनाउन जानु अघि उनीहरुले प्रेम मात्र होइन कोर्ट म्यारिज र इन्गेजमेन्ट नै स्विकार गरे । उनीहरुलाई यो खबर सार्वजनिक गर्दा थाइल्याण्डमा रमाइलो गर्न सजिलो पनि भयो ।
क्फ्ग्ल]
अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको पनि प्रेम छ भनिन्छ । यो जोडी लिलिबिलीबाट नजिक भएको हो । यही कारणले निर्देशक मिलन चाम्स र प्रदिपको सम्बन्ध टाढिएको खबर पनि आएको थियो । तर, प्रदिप र जसिताले यसलाई रुमर मात्र भन्ने गरेका छन् । अहिलेसम्म उनीहरुले प्रेम स्विकार गर्दा फाइदा हुने देखेका छैनन् । फाइदा हुने दिनमा उनीहरुले पक्कै पनि प्रेम स्विकार गर्लान् ।

प्रेमको रंगमा पा्ेतिने कलाकार यति मात्र होइनन् । अभिनेत्री केकी अधिकारी पनि एक गायकसँगको प्रेममा छिन् भन्ने खबर छ । तर, केकीले पनि यो कुरा स्विकार गरेकी छैनन् । तर, केकीले उनै गायकको आवाजमा समावेश गीतको म्यूजिक भिडियो निर्देशन गरिसकेकी छिन् ।

नेपाली कलाकारले प्रेमको खबरलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने गरेका छन् । तर, लुकीलुकी माया लाउन त उनीहरुलाई पनि मन लाग्दो हो नी ।

यो पनि पढ्नुहोस्:

‘पाहुना’को ‘सानो नौलो संसार’सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.