हिरोको चुम्बन चर्चा

सुत्र इन्टरटेन्मेन्ट – फिल्म ब्रेकअपमा समावेश हरपल गीत त रिलिज भयो । तर, यो सिनेमाको गीत रिलिज भएपछि यो गीतको भन्दा हिरोको चुम्बन हिट भैरहेको छ ।
अभिनेता आशिरमान देशराज जोशीले अभिनेत्री शिल्पा मास्केसँग गरेको लिपलकले चर्चा पाउने पक्का देखिएको छ । आशिरमान र शिल्पा भने कलाकार भैसकेपछि चुम्बनलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । तर, जसले जे जसरी लिएपनि चुम्बन चर्चा कमाउने एउटा बहाना हो ।

उनले फिल्म ग्याङस्टार ब्लूजमा पनि अभिनेत्री आना शर्मासँग चुम्बन गरेका थिए ।
हुनत, सिनेमाको पर्दामा चुम्बन गर्ने आशिरमान पहिलो हिरो भने होइनन् । अनिभेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरले फिल्म मनकामनामा लिपलक गर्दा त्यती बेला त हंगामा नै मच्चिएको थियो । तर, जती हंगामा भएपनि शिव र करिश्माले पनि राम्रै गसिप पाएका थिए ।

यसपछि नेपाली फिल्ममा चुम्बनको बाढी नै आएको थियो । अभिनेता मुकेश ढकाललाई कुनै समय अभिनेता इमरान हाश्मीसँग दाँजिएको थियो । मुकेशले लगालग ३ वटा सिनेमामा चुम्बन गरेपछि उनले बलिउडका अभिनेतासँग आफूलाई दाँज्न पाएका हुन् । मुकेश अहिले अमेरिकामा छन् । तर, उनी पनि चुम्बन मोहले मिडियामा छाएका थिए ।

एकताका त नेपाली सिनेमा सी ग्रेडकै अवस्थामा पुगेको थियो । एटीएमबाट सुरु भएको सिनेमाको बर्बादी जिगिलो, बर्बादले त ध्वस्त नै बनाएका थिए । यो समयमा कथाले माग्नु भन्दा पनि हिरो र हिरोइनले मागेर चुम्बनको दृश्य बढी फिल्ममा देखिएका थिए ।
नेपाली सिनेमामा चुम्बनको दृश्यलाई कलात्मक भन्दा पनि भद्दा किसिमले बढी देखाइन्छ । यही भएर पनि हिरो हिरोइनले पर्दामा चुम्बन गर्दा दर्शक त्यो भावमा बग्न भन्दा लजाउँछन् वा के गरेको होला भन्दै जिब्रो टोक्छन् ।

तर, अहिले सिनेमामा चुम्बनको दृश्य कमै मात्र देखिन्छ । अभिनेता आशिरमान देशराज दर्शक एड्भान्स भएको बताउँछन् । दर्शक नै एडभान्स भएकाले कथाले मागेर यस्ता दृश्य राख्दा त्यसमा आपत्ती जनाउनुपर्ने कुनै कारण नभएको उनले बताएका छन् ।
अभिनेता राज तिमिल्सिना र अभिनेत्री सोनिया केसीले फिल्म सिलसिलामा खाएको लिपलकको चर्चा अहिले पनि हुन्छ । सागर सरी चोखो माया बोलको गीतमा यी दुइले चुम्बन गरेका थिए । सोनिया र राजले चुम्बन गर्दा पहाडै खसेको जस्तो हल्ला त्यती बेला नभएको होइन ।

यो चुम्बनले लामो समयसम्म हल्लाखल्ली बटुलेको थियो । अहिले राज र सोनिया दुबै सिनेमाको हिरो हिरोइनबाट हराइसकेका छन् । दर्शकले सिनेमा चपली हाइट त विर्सनै सक्दैनन् । यो सिनेमामा अभिनेत्री विनिता बरालले २ हिरोसँग बेडसिनदेखि चुम्बनको दृश्य प्रशस्त दिएकी छिन् ।

चुम्बनको कुरा गर्ने हो भने नेपाली फिल्मले यसलाई भरपुर प्रयोग गरिसकेको छ । तर, कतिपय सिनेमामा चुम्बन कलात्मक देखिएका छन् भने कतिपय समयमा त चुम्बनलाई भद्दा मजाक बनाइएको छ ।

यो पनि पढ्नुहोस्:

नेपाली अवार्डः भित्री खोक्रो बाहिर बोक्रो

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.