कोहलपुर एक्सप्रेसका नायक बिनोद सुन्दरी श्रृषासँग के गर्दैछन् पोखरामा

अमेरिकामा बस्दै आएका गायक बिधान कालीकोटेको स्वर रहेको गीत जानी नजानीको भिडियो सार्वजनिक भएको छ । करिब १ दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायिका राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् । तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय रहेको छ ।

भिडियोमा श्रृषालाई नायक तथा मोडल बिनोद न्यौपानेले अभिनयमा साथ दिएका छन् । हल्का हल्का उदाउँछ जुन वारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा काम गरेकी मोडल तथा गायिका शृषाले फिल्ममा अभिनय गर्न थालीरहेका बेला उनको कामको चौतर्फी तारिफ सुरु भएको छ ।

मोडलीङ र गायनको यात्रालाई सँगसँगै लेजान सफल शृषा अहिले आएर चलचित्रमा पनि अभिनय गर्दैछिन् । हाल पोखरामा छायांकन भइरहेको फिल्ममा शृषाले दयाहागं राई लगायतका चर्चित कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् । उनै शृषाले अभिनय गरेको त्यो पारी पाखामा बोलको गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा पाइरहेको छ ।

संगीतकार तुला स्वयमको निर्देशन रहेको भिडियोमा निसान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन तथा बिक्रम गौतमको शृगार रहेको छ । भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो भने भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।

यो पनि हेर्नुहोस्:
किन भिडे ‘रणवीर’ टिजरमा सुशील र प्रसान्त

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.