राजपाल यादवलाई जेल सजाए

भारतीय चर्चित कमेडियन राजपाल यादवलाई तीन महिनाको जेल सजाए भएको छ । सन् २०१० मा उनले फिल्म बनाउनका लागि लिइएको ऋण अहिले सम्म पनि तिर्न नसकेपछि भारतको उच्च अदालतले उनलाई तीन महिने जेर्ल सजाए सुनाएको हो ।

उनले सन् २०१० मा ‘अता पत्ता लापत्ता’ नामक फिल्म बनाउनका लागि ५ करोड ऋण लिइएका थिए । उक्त फिल्म २०१२ मा प्रर्दशनमा आएको थियो तर फिल्मले आफ्नो लगानी समेत उठाउन नसके पछि उनले ऋण तिर्न सकेनन।

भारतीय संचार माध्यमका अनुसार, उनले आफ्नो बचाउनमा ऋण आफुले नभएर श्री नौरंग गोदावरी इन्टरटेन्मेन्ट नामक आफ्नो कम्पनीका लागी लिइएको बताएका थिए । तर अदालतले उनको कुराको वास्ता नगरी जेल सजाए सुनाएको हो । अदालतको आदेश अनुसार, उनलाई अब हिरासतमा लिइनेछ ।

यो पनि पढ्नुहोस्:
‘द भ्वाइस अफ नेपाल’ नेपालको ग्राण्ड फिनाले कतारमा

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.