‘समर लभ’को ‘साया’

माघ २५बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को ‘साया’बोलको गीत सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा पुष्पन प्रधान र बानीका प्रधानको स्वर, पुष्पन प्रधानकै शब्द तथा संगीत रहेको गीतमा सुमित बिश्वकर्माको एरेन्ज रहेको छ । भने गीतमा आशिष प्रिया र रेवती क्षेत्रिको अभिनय रहेको छ।

फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । फिल्ममा आउनु अघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । उनले भारतमा केही फिल्ममा अभिनयको अनुभव संगालिसकेकी छिन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

सुबिन भट्टराईको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् ।
यो पनि पढ्नुहोस्;
स्टार अफ दि इयरको अर्थ के ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.