नविन पौडेलको गीतमा सिंगो सुदूरपश्चिम

लोक गायक नविन पौडेलको ‘सुदूरपश्चिम घर मेरो’ बोलको गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर सो गीत उनले सार्वजनिक गरेका हुन् ।

गीतलाई सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढीमा बिमोचन गरिन् । उनले ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्बमले यस प्रदेशको पर्यटन विकासमा टेवा पुर्याउनेका साथै स्वदेश तथा विदेशमा सुदूरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने समेत बताइन् ।

गण्डकी प्रदेशको पाल्पा जिल्लामा जन्मथलो भएका पौडेलले ‘सुदूरपश्चिम घर मेरो’ गीतमा सिंगो सुदूरपश्चिम समेटिएको छ । एल्बमा सुदूरको कला, सस्कृति, पर्यटन र भौगोलिक अवस्थाको चर्चा उनका गीतमा पाइन्छ ।
गायक नविनले सुदूरपश्चिममा मनोरम पर्यटकीय गन्तव्य रहेको र तीनैका प्रचारका लागि आफूले गाएको गीतबाट सुदूरको पर्यटनमा टेवा पुगोस भन्ने चाहना रहेको उनलले बताएका छन ।

गीतमा नबिन पौडेल र सम्झना भण्डारीको स्वर, दिग्गज धुरालीको शब्द, गायक स्वयमको संगीत रहेको गीतलाई केशव पौडेलले एरेन्ज गरेका हुन् ।
यो पनि पढ्नुहोस्;
फिल्म ‘गीत गजल’को छायांकन सम्पन्न

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.