नेपाली फिल्म ‘पासवर्ड’ को गीतमा सन्नि लियोनिको ठुम्का ( फोटो फिचर )

बलिउड आइटम गर्ल सन्नि लियोनले नेपाली फिल्म‘पासवर्ड’को एक गीतमा नुर्त्य गरेकी छिन  । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्मको ‘सन्नि हो नाम मेरो‘’बोलको आइटम गीतमा उनले डान्स गरेकी हुन् । फिल्म निर्माण टिमले उक्त गीतको लागिमात्र पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको छ ।

उक्त गीतलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् । जसको केहि हप्ता पहिले गरिएको भिडियो छायाँकनका केहि तस्बिरहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् भने फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी ९विक्की०, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको अभिनय रहेको छ ।




Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.