नेपाल आइडलका टप ५ तथा चर्चित कलाकारहरुको साथमा ‘प्रसाद’को प्रिमियर शो सम्पन्न

मंग्सिर २१ अर्थात भोलिबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद’ले बुधबार बिग मुभिज स्थित आफ्नो प्रिमियर शो सम्पन्न गरेको छ । सम्पन्न शोमा फिल्मका निर्माता,निर्देशक तथा फिल्मका मुख्य पात्र नम्रता,निशल तथा अन्य विभिन्न कलाकार भुवन केसी,केदार घिमिरे(माग्ने बुडा)लगाएतका नेपाल आइडल टप ५ का प्रतिस्पर्धी बिक्रम बराल,अस्मिता अधिकारि,सुमित पाठाक, रवी ओड,अमित बराल लगाएतका व्यक्तित्वहरु  उपस्थिति थिए ।

उपस्थित सबैले फिल्म निकै उत्कृष्ट बनेको बताएका छन् भने फिल्मका निर्देशक आफुले निउकै राम्रो फिल्म बनाएको तथा फिल्मले प्रिमियरमा पाएको प्रतिक्रिया अनुसार फिल्म निकै राम्रो संग चल्नेमा ढुक्क रहेको बताए ।

नेपाल आइडलबाट आएका बिक्रम बराल,अस्मिता अधिकारि,सुमित पाठाक, रवी ओड,अमित बराल लगाएतले पनि फिल्ममा सम-सामुहिक विषय वस्तुलाई समेटिएको र फिल्म निकै उत्कृष्ट बनेको बताएका छन् ।

दिनेश राउत निर्देशित फिल्ममा निसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा समेटिए छ । जसमा विपिन र नम्रताले दम्पत्तिको भुमिकामा देखिएका छन् । फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् भने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
नेपाली फिल्म ‘पासवर्ड’ को गीतमा सन्नि लियोनिको ठुम्का ( फोटो फिचर )

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.