सामाजिक कार्यमा सक्रिय बन्दै चर्चित गायिका अन्जु पन्त

लोकप्रिय गायिका अन्जु पन्त यतिबेला गीत-संगितासंगै समाजसेवामा पनि निकै सक्रिय भएर अघी बढेकी छिन् । उनले करीब डेढ बर्ष अघिबाट अन्जु पन्त नामक फाउन्डेसन सन्चालनमा ल्याएकी छिन् । जसमा अहिले उनि निकैनै सकृय भएर विभिन्न किसिमका सामाजिक कार्य गरिरहेकी छिन् ।

यतिबेला उनी विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा गएर गरिव, अक्षम तथा असहायहरुलाई विभिन्न किसिमका सहयोग गरिरहेको छिन् ।

यसैक्रममा आइतवार उनको अन्जु पन्त फाउन्डेसनले पर्सा बिरगंज कारागार भित्र समता स्कुलका १०० जना साना बालबालिकालाई १००पिस ब्याग, ४०० पिस कपि, १०० पिस पेन्सिल, १०० पिस कटर र चक्लेटहरु बितरन गरेकी छ भने मंसिर १५ गते मकवानपुर खैराङका १०० जना चेपाङ बालबालिकालाई १०० पिस स्कुल ब्याग र ४७० कपि र पेन्सिल स्टेसनरी बितरन गरेकी छ ।

यसैगरी उनले पर्साको महुवन रामनगरियामा २० जना अपांग बालबालिकाहरुलाई न्यानो सिरक र बिस्कुट बितरन गरेकी छिन् । दिन प्रतिदिन सामाजिक कार्यमा सक्रिय बन्दै गएकी उनले सर्लाहीको बयलबासिमा ५५ जना मुसहर बालाबालिकाहरुलाई स्कुल ब्याग, २२० पिस कपि, ५५ पेन्सिल, कटहर, इरेजर लगाएत स्टेसनरी समानहरु बितरन गरेकी छिन् ।

गीत-संगिताको क्षेत्रमा मात्र नभए सामाजिक कार्यमा पनि निकै सक्रिय बन्दै गएकी उनको पहिचान अब गायिकासंगै समाज सेविकामा समेत् परिणत भईरहेको छ ।

सामाजिक सेवामा पनि उतिकै सकृय बन्दै गएकी गायिका अन्जु पन्तलाई हाम्रो फर्तबाट पनि धेरै धेरै शुभ-कामना ।
यो पनि पढनुहोस्;
श्रृंखलाको हौसला बढाउन बाबु-आमा सहित् २४ जनाको टोली लागे चीन तर्फ ( भिडियो )

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.