प्रतिस्पर्धा कोसँग, आफैसँग कि बलिउडसँग ?

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्मको एउटा ठूलो दुश्मन छ, बलिउड फिल्म । सबै हलिउड फिल्मले नेपालमा हाबी हुन सक्दैनन् । तर, बलिउड फिल्म नेपाली फिल्मका लागि सधै नै चुनौती छ । यही चुनौतीको लफडामा नेपाली फिल्म मेकर अल्झिने गरेका छन् ।

मंगलबार आयोजित फिल्म छक्का पन्जा ३ को सफलता पार्टीमा यो फिल्मका निर्माता दीपकराज गिरीले नेपालमा बलिउड भन्दा नेपाली फिल्मको बोलबाला बढी भएको बताए । उनले, बलिउड सिनेमालाई कथाले नै जित्नुपर्ने बताए ।

नेपालमा नेपाली फिल्म बलिउड भन्दा माथि रहेको उनको भनाई छ । तर, दीपकराज गिरी जसले बनाएको ३ वटा सिनेमाले १० करोड बढीको ग्रस कलेक्शन गरेका छन्, उनले भन्दैमा नेपाली फिल्मले बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छ होला ?

यो साता भारतको ठूलो फिल्म २.० रिलिज भयो । यो मितिमा कुनै पनि फिल्म रिलिज भएनन् । पौष ६ गते भारतको अर्को ठूलो फिल्म जिरो रिलिज हुँदैछ । यो मितिमा पनि कुनै नेपाली सिनेमा छैन ।

आखिर ठूला फिल्मसँग अहिले पनि नेपाली फिल्म रिलिज हुन सकेका छ्रैनन् । यस्तो अवस्थामा के हामीले बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छ । एउटा फिल्मले बम्पर व्यापार गर्दैमा सिंगो फिल्म क्षेत्र नै बलिउडसँग प्रतिस्पर्धा गर्न सक्षम होला त ?

उदाहरणको रुपमा कृ रिलिजको समयमा नै हेरौ । यो फिल्मको वितरक र हिन्दी सिनेमा प्याडम्यानको वितरक एउटै थिए । बिहिबार दिउँसो सम्म प्याडम्यान नेपाल नआउने पक्का थियो । तर, अन्तिम समयमा वितरकले यो फिल्म हालिदिए ।

त्यसले कृको शोदेखि धेरै कुरामा असर गरेको छ । नेपाली फिल्मलाई माथि जान नदिनका लागि यस्तो कुराले असर गर्छ कि गर्दैन होला ?

यो बाहेक नेपाली सिनेमाले बलिउडसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय लाग्छ । कारण, यहाँ फिल्म मेकरविच नै एकता छैन । हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्नु पहिले हामीले हाम्रो बजारमा आफैसँगको तिक्तता मेटाउन जरुरी छ । होइन भने नेपाली फिल्मको बजार बलिउडसँग प्रतिस्पर्धा गर्न सक्दैन ।

नेपालमा एकको सिनेमालाई अर्को फिल्मले सक्नुपर्छ भन्ने सोच हाबी छ । बलिउड हाम्रा लागि दोश्रो प्रतिस्पर्धी हो । पहिलो प्रतिस्पर्धी हाम्रा लागि हामी आफै हौ ।

पहिले आफूविचको तिक्ततालाई हटाएर फिल्म निर्माण र रिलिजको वातावरण तयार गरौ । यसपछि सिनेमाको कथावस्तु, अनी प्राविधिक पाटोमा प्रतिस्पर्धा गरौला ।
यो पनि पढनुहोस्;
गीत-संगितसंगै सामाजिक कार्यमा पनि सक्रिय बन्दै गायिका अन्जु पन्त

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.