आमिर खान हुन खोज्ने कि बन्ने पनि ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता प्रदिप खड्का जे बोल्छन् मिलाएर बोल्छन् । तर जती मिलाएर, जति घुमाएर बोल्दा पनि उनी विवादमा त फसेकै हुन्छन् । उनको बोलीमा नै खै के मिसिन्छ, उनी बोलेपछि स्क्यान्डल हुन्छ हुन्छ ।

प्रदिपले कामना फिल्म अवार्डमा बोलेको एउटा कुरा अहिले विवादमा छ । प्रदिपले आफूलाई बलिउडका अभिनेता आमिर खानसँग दाँजेका छन् । प्रदिपले आमिर खान पनि सुपरस्टार हुन् तर पनि उनको फिल्म असफल हुन्छ भने म पनि त नेपालको सुपरस्टार हुँ, मेरो फिल्म असफल हुन किन हुँदैन भन्ने भावको कुरा गरे । उनले बोलेको कुरा स्क्रिप्टेट थियो, तर पनि उनले कुरालाई घुमाई घुमाई बोले ।

प्रदिपलाई केकीले रोज पनि यसै बर्ष रिलिज भएको होइन र भन्दा उनले त्यसको जिम्मेवारी आफूले लिन सकेनन् । बरु, आमिर खानसँग तुलना गरिदिए । उनले यो बोल्ने वित्तिकै, केही निर्माताले नेपालका हिरोहरुलाई खै के भन्नु भन्दै आलोचना गर्न थालेका थिए ।

प्रदिप खड्काले आमिर खानसँग आफूलाई तुलना गर्नुलाई ठूलो बिषय नसोचौ । तर, ठग्स अफ हिन्दुस्तान असफल भएपछि आमिर खानले यो सिनेमाको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । सिनेमाले दर्शकलाई मनोरञ्जन दिन नसकेको भन्दै उनले माफी मागे । तर, प्रदिपले रोज असफल भएको जिम्मेवारी लिन सकेनन् बरु रोजको गीतले एक करोड भ्यूज पाएको भन्दै त्यसमा खुशी मनाए ।

आफूलाई आमिरसँग तुलना गर्ने प्रदिपले रोज असफलताको जिम्मेवारी पनि लिइदिएको भए के हुन्थ्यो ?
प्रदिप मात्र होइनन्, नेपालमा सिनेमा नचल्दा त्यसको जिम्मेवारी लिन नचाहने कलाकार सबै छन् । सिनेमा नचल्दा अरु बहाना बनाइदिने तर सिनेमा चलेको भोलीपल्टै आफ्नो पारिश्रमिक डबल बनाइदिने कलाकारको त विगविगी नै छ ।

अभिनेता पल शाहले जोनी जेन्टलेम्यान असफलताको जिम्मेवारी लिनुभन्दा पनि निर्माताले आफूलाई सिनेमाले लगानी उठाएको बताएको भन्दै तर्किरहेका छन् । जबकी, उनले भिडको फिल्म शत्रु गते चलेपछि आफूलाई नयाँ स्टारको रुपमा राख्दै पारिश्रमिक निकै बढाएका छन् ।

अभिनेता मात्र होइन, अभिनेत्रीमा पनि यो समस्या छ । सिनेमा कायरा नचल्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले त्यसको कुनै पनि क्रेडिट लिन चाहिनन् । बरु, नयाँ सिनेमाका लागि १५ लाख पारिश्रमिक लिएर हिरोलाई म चाहिन्छ भन्न भ्याइन् ।

नेपाली कलाकारले आफूलाई बलिउड स्टारसँग तुलना त गर्छन् । तर, उनीहरुको बोल्ने शैली, अपनाउने शैली र काम गर्ने शैलीलाई कहिले सिक्दैनन् ।
यो पनि पढनुहोस्;
प्रतिस्पर्धा कोसँग, आफैसँग कि बलिउडसँग ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.