आरएनआर ग्रुपले अमेरिकामा गर्‍यो नयाँ क्यालेन्डर लन्च

आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । अमेरिकामा विभिन्न कार्यक्रम तथा इभेन्टहरुको आयोजना गर्दै आएको उक्त ग्रुपले २०१९ को लागि लन्च गरेको सो क्यालेन्डरमा नेपालका विभिन्न सुन्दरीहरुको फोटो प्रकाशन गरेको छ ।

अमेरिका स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त क्यालेन्डरमा नेपाल तथा अमेरिकामा मोडलिङ गरिरहेका युवतीहरुलाई समेटिएको छ ।

क्यालेन्डर युएसए २०१९ नाम राखिएको उक्त क्यालेन्डरमा राखिएका युवतीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् ।

इभेन्ट , फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपमा सदस्य मध्यका एक रोशन पुरीका अनुसार,क्यालेन्डरले निकै राम्रो प्रतिकृया प्राप्त गरिरहेका छन ।

क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत , मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी , मोडल रोजी खुराना , मोडल सुनिक्षा मैनाली , मोडल स्वस्तिका प्रधान , मोदन न्यान्सी थापा , मोडल सिमरन चुडाल , मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ , मोडल दिपमाला ढकाल , मोडल श्रीया लोहनी , मोडल निकी आचार्य , मोडल सम्पदा बानिया र एक्ट्रेस सारा सिर्पाईली फिचर्ड छन् ।

यो पनि पढनुहोस्:
‘म त पिरिममा’बोल गीतको उत्कृष्ट कबर भिडियोलाई ५० हजार

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.