मन छुने ‘प्रसाद’ ( फिल्म समिक्षा )

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमाको सबैभन्दा ठूलो कमजोरी के ? प्रविधीमा भुल्दा हामीले कथा विर्सिएका छौ । आफ्नो मौलिक कथामा भिज्न छाडेर विदेशी प्रविधीसँग विदेशी कथा घुलाउँछौ र भन्छौ–‘नेपाली फिल्म नै चल्दैन’ । तर, के हामीले दर्शकलाई नै मन छुने खालको कथा बनाउन सक्यौ त ?

यही प्रश्नको वरिपरी घुम्दै गर्दै गर्दा आजबाट रिलिज भएको सिनेमा प्रसादको बिषयमा केही कुरा गरौ । के प्रसादले नेपाली समाजको कथालाई बहसका ल्याउन सफल छ ? या यो भने प्रविधीको वरिपरी अल्झिएर कथा भन्न विर्सिएको छ ?

कथावस्तु

अन्तरजातिय बिहे गरेर गाउलले अस्विकार गरेर आएका एक जोडी विपिन कार्की र नम्रता श्रेष्ठ राजधानीमा जसोतसो जीवनयापन गरिरहेका छन् । बिहे गरेको २ बर्ष वितिसक्दा पनि सन्तान नभएपछि उनीहरु समाजको केन्द्रमा पर्छन् । सन्तान नहुनुको कारण वुझ्दा विपिनमा समस्या देखिन्छ ।
त्यही समस्या टार्नका लागि विपिनले गरेको संघर्ष र सो समयमा नम्रताको जीवनमा आइपरेको कालो रात । फिल्ममा निश्चल बस्नेतको प्रवेश हुन्छ । मेन पावर व्यवसायले मोटाएका निश्चल घरकी श्रीमति भन्दा बाहिरी यूवतीसँग बढी रमाउँछन् । गाउँकै साथी भएका नाताले विपिनसँग उनी नजिक हुन्छन् ।
निश्चलको प्रवेशसँगै विपिन र नम्रताको दाम्पत्य जीवनमा समस्या आउँछ कि खुशी ? यसका लागि दर्शकले सिनेमा हेर्नुपर्छ ।

बलियो पक्ष

निर्देशक दिनेश राउत संवाद कम भिज्योल ल्याङ्वेजमा बढी ध्यान दिन्छन् । उनको सिनेमा प्रसाद पनि यसैमा घुमेको छ । विपिन र नम्रताको साइकोलोजीमा दिनेश खेलेका छन् । सिनेमाको पटकथा बलियो छ । पत्रकारिता हुँदै फिल्म लेखनमा पनि हात हालेका सुशिल पौडेलले कथा र पटकथालाई शक्तिशाली बनाएका छन् । निर्देशकले साना साना कुरामा ध्यान दिएका छन् । जसले गर्दा यो सिनेमा बलियो छ । सिनेमाले प्रस्तुत गर्न खोजेको कथावस्तु नेपाली समाजसँगको चुनौती हो । यो चुनौतीलाई फिल्मले तार्किक शैलीमा बहसको स्थानमा ल्याएको छ ।
सिनेमाको गीतसंगीत उत्कृष्ट छन् । पृष्ठभूमीमा बज्ने गीतले सिनेमालाई जुरुक्कै उठाएको छ । समाजले स्विकार गर्न टाउको कन्याउने बिषय सिनेमामा उठान भएको छ, यसैले प्रसाद बलियो बनेको छ ।

कमजोरी

सिनेमाको पहिलो पाटो स्लो छ । दर्शकले पहिलो पाटोमा विस्तारै बगेको महशुश गर्छन् । पटकथा शक्तिशाली भएपनि निर्देशकसँग सानो घेरामा लुकेको कथा छ । यसलाई फराकिलो बनाउन खोज्दा सिनेमा स्लो भएको हो ।
दोश्रो हाफमा सिनेमाको कतिपय दृश्य लामा लाग्छन् । ती लामा दृश्यलाई केही छोट्याएको भए अझ राम्रो हुने थियो । तर, ती गौण कुरा हुन् ।

अभिनय

सिनेमामा अभिनेता विपिन कार्कीले ज्यान भरेका छन् । विपिनको अभिनय जीवन्त लागेको छ । नम्रता श्रेष्ठको अभिनय पनि उत्कृष्ट छ । एउटी श्रीमती र आमाको भूमिकामा उनी खरो उत्रिएकी छिन् । निश्चल बस्नेतको अभिनय सुधारिएको छ । कलाकारले यो सिनेमालाई ५० प्रतिशत बोकेका छन् ।
हेर्न कि नहेर्ने ?

नेपाली फिल्ममा नेपाली मौलिक कथा नै भएन भन्ने आरोप लाग्छ । यदि तपाइले पनि यस्तै आरोप लगाउँदै आउनुभएको छ भने, एकपटक प्रसाद हेर्नुहोस् । प्रसादले तपाइको मन तृत्त बनाउँछ । ठूलो आशा बोकेर नजाँदा प्रसाद उम्दा लाग्छ ।

प्रसादको अन्तिममा छोडिएको सन्देश यसको सबैभन्दा शक्तिशाली हतियार हो । नेपालमा यस्ता बिषयमा कमै फिल्म बन्छन् । प्रसाद ग्रहण गर्न योग्य सिनेमा हो । जुन लामो समयमा एकपटक निर्माण हुन्छ ।

यो पनि पढनुहोस् :

आमिर खान हुन खोज्ने कि बन्ने पनि ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.