फिल्म जुध्छन् कि जुधाइन्छ ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली फिल्मको बजार साँघुरो छ । हामीले बजार खोज्ने प्रयास गरेका छैनौ । बरु, हामी सिमित बजारमा अरु फिल्मको भन्दा २-४ शोज बढी पाउँदा, २–४ हल बढी पाउँदा मख्ख पर्छौ । हाम्रो प्रतिस्पर्धा विदेशी सिनेमासँग होइन, आफैसँग छ । अरुको भन्दा आफ्नो सिनेमाले ५ हजार बढी व्यापार गर्दा भयंकर कमाएको सपना देख्छौ ।

नेपाली फिल्मको अर्को ठूलो रोग भनेको आफूसँग नै जुध्नु हो । एउटा निर्माताले करोडौ रकम खर्च गरेर बनाएको सिनेमामा अन्तिम समयमा आएर अर्को निर्माताले फिल्म जुधाइदिन्छन् । यसरी जुधाउँदा दुबै सिनेमाले पानी भन्न पाउँदैनन् । ५२ हप्ताको शुक्रबारमा सय सिनेमा रिलिज हुँदा जुध्नु स्वभाविक नै हो । तर, आशा गरिएका, महंगा बजेटाका सिनेमा नै जुधाएर नेपाली फिल्मलाई आफूले आफ्नै साथीमाथि घात गरेको उदाहरण यहाँ धेरै छन् ।

फागूण १७ गते फिल्म क्याप्टेन रिलिज हुने पक्का थियो । यो मितिमा क्याप्टेन आउने पक्का हुँदा हुँदै पौष २७ गतेलाई मिति तोकेर प्रचार समेत सुरु भैसकेको सिनेमा दि ब्रेकफेलले आफ्नो मिति सारेर क्याप्टेनसँग भिडायो । निर्देशक हेमराज वीसी अनमोलको फिल्मसँग जुधाउन तयार भए ।

दि ब्रेकअप पहिले अनमोल केसीलाई अफर गरिएको फिल्म हो । अहिले हेमराज उनै अनमोलसँग जुध्न गएका छन् । यसैले यो सिनेमा जुधेको हो या जुधाइएको, वुझ्न सजिलो छ ।
एउटा उदाहरण हेरौ । फिल्म दाल भात तरकारी वैशाख १३ गते आउने तयारीमा थियो । तर, वितरक सुनिल मानन्धरले एक करोडमा एमजी दिए चैत्र २९ मा सिनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, कृुरा मिलेन कि के भयो । वैशाख १३ मै सिनेमा आउने भयो । तर, सुनिलको चाहना यो मितिमा रिलिजमा आउन लागेको ए मेरो हजुर ३ सँग जुधाउनु नै थियो ।

तर, चैत्र २९ गते निर्माता संघका महासचिव केशव भट्टराइको सिनेमा ए मेरो हजुर ३ सँग जुध्न गएको छ । चैत्र २९ को भिडन्त पनि स्वभाविक थिएन ।
गतबर्ष नै हेरौ । अभिनेता अनमोल केसीको कृ फिल्म माघको अन्तिम साता आयो । यो मितिमा सिनेमा कान्छीको रिलिज पहिले नै तय भएको थियो । तर, अनमोलको फिल्म कृ ले माघ २६ गतेर्ला मिति तोकेपछि कान्छी सिनेमाकी निर्मात्री स्वेता खड्का फागूण ४ गतेलाई सार्न वाध्य भइन् ।

नेपालमा नेपाली फिल्मका निर्माताहरु भन्दा पनि फिल्म रिलिज गर्ने क्रममा वितरक हाबी छन् । फलानोको वितरण, फलानो निर्माता हो भने यसलाई त सक्न पर्छ भनेर जर्बजस्ती माथिबाट अर्को सिनेमा रिलिज गर्ने सोच साह्रै नै कमजोर छ । यही सोचका कारण हो, नेपाली फिल्म जुधाइने गरेको छ ।

यहाँ धेरै सिनेमा जुध्ने भन्दा पनि जानी जानी जुधाइन्छ । अनी भनिन्छ, नेपाली फिल्मको शत्रु हिन्दी सिनेमा हो । नेपाली फिल्मको शत्रु हिन्दी फिल्म होइन हाम्रो सोच र अरुलाई सक्ने खेला हो । यो कुरा छाडौ, सबैको भलो हुनेछ ।

यो पनि पढनुहोस्;

प्रेमदेखि मेघास्टारसम्म, अनमोल केसीको यस्तो जवाफ

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.