नेपाली कलाकारको नखुलेको प्रेम

सुत्र इन्टरटेन्मेन्ट- प्रेममा रमाउन चाहने मानिस स्वतन्त्र रुपमा यसमै उड्न चाहन्छ । यसैले त प्रेमलाई स्वतन्त्र पन्छी भनिन्छ । तर, सिनेमाको पर्दामा रमाउने कलाकारहरु प्रेमलाई स्वतन्त्र पन्छीको रुपमा उडाउन चाहँदैनन् । यही भएर त प्रेममा रमाएपनि उनीहरु त्यसलाई स्विकार गर्न रुचाउँदैनन् ।

नेपाली फिल्मका त्यस्ता कैयौ जोडी छन्, जसले आफ्नो प्रेम स्विकार नगरी टुंग्याएका छन् भने कतिपयले प्रेममा रमाइरहेका छन् ।

केहि बर्ष अघि नेपाल प्राविधिक संघले हङकङमा नेफ्टा अवार्ड गर्दा अभिनेता गौरव पहारी र अभिनेत्री ऋचा शर्माको निकटताले उनीहरु प्रेममा थिए भन्ने चर्चा चल्यो । तर, यी दुइ अवार्ड समयभरी नजिक भएपनि प्रेममा थिए या थिएनन्, कहिले खुलाएनन् ।

अभिनेत्री ऋचा शर्माको प्रेमको चर्चा निर्देशक निश्चल बस्नेतसँग लुट सिनेमामा काम गर्दादेखि थियो भन्ने पनि चर्चा चल्यो । तर, निश्चलले अभिनेत्री स्वस्तिमा खड्कासँग बिहे गरेपछि यो सेलायो । अहिले ऋचाको प्रेम अभिनेता अर्पण थापासँग छ भनिन्छ । तर, यी दुइले यसलाई प्रेमको भाषा दिएका छैनन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र व्यापारी मयंक खड्काको प्रेम पनि यस्तैमा टुंगियो । ब्रेकअपपछि मयंकले प्रेम थियो भनेर स्विकार गरेपनि साम्राज्ञीले आजसम्म प्रेम स्विकार गरेकी छैनन् ।

संचारमाध्यमको रिपोर्टलाई नै मान्ने हो भने अभिनेत्री जसिता गुरुङ र अभिनेता प्रदिप खड्का पनि प्रेममा रहेको चर्चा चलेको लामै समय भैसक्यो । जसिताकै कारण प्रदिप र निर्देशक मिलन चाम्सको सम्बन्धमा दरार आएको बताइन्छ । तर, यी दुइले पनि प्रेम स्विकार गरेका छैनन् ।

यही विचमा अर्को एउटा खबर पनि आएको छ । अभिनेत्री जसिता गुरुङ र अभिनेता धिरज मगर पूर्व प्रेमी प्रेमिका हुन् । उनीहरु लण्डनमा रहँदा प्रेममा थिए र अहिले उनीहरुको ब्रेकअप भएको छ । अब, यो खबरलाई स्विकार गर्न धिरज र जसितालाई पनि मुश्किल नै पर्छ होला ।

अभिनेत्री केकी अधिकारी पनि अहिले प्रेममा रहेको चर्चा छ । केकी अधिकारी गायक आर्जन पाण्डेको प्रेममा रहेको खबर बाहिरिएको छ । केकी र आर्जन दुबैले यो प्रेम स्विकार गरेका भने छैनन् । तर, केकीले आर्जनको स्वरमा समावेश भिडियोको निर्देशन समेत गरिसकेकी छिन् ।

नेपाली फिल्मका लुकेका प्रेमका कहानी धेरै लामो छ । कलाकारहरुले प्रेमलाई सकेसम्म लुकाउने प्रयास गर्छन् । कतिपय प्रेम लुक्दा लुक्दै बाहिर आउँछन् भने कतिपय सार्वजनिक भएर उनीहरु प्रेममा रमाएका हुन्छन् । अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले पनि प्रेमलाई लुकाएको धेरै बर्ष भैसक्यो । तर, उनीहरु गहिरो प्रेममा रहेको चर्चा सिनेमा क्षेत्रमा भैरहेको छ ।

कोहिलाई प्रेम सार्वजनिक गर्दा फ्यान भड्किन्छन् भन्ने सोच छ भने कतिपय प्रेम सार्वजनिक गर्दा झनै सजिलो हुन्छ भन्ने सोचमा छन् । जे जस्तो भएपनि कलाकारहरुको प्रेम धेरैजसो अवस्थामा हल्लामा रमाउँछ र हल्लामै सकिन्छ ।

यो पनि पढनुहोस्:
साम्राज्ञीको प्रेममा चोर पुलिस खेल
बलिउडका यी अभिनेत्री, जसको मृत्यु रहस्यमय रहयो

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.