‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

केही समय अगाडि सार्वजनिक भएको गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वरमा रहेको गीत ‘हे गोरी’को कभर भिडियो प्रतियोगिता हुने भएको छ ।
कभर भिडियो प्रतियोगितामा सहभागी हुनकालागि उक्त गीतमा आफुले भिडियो निर्माण गरेर आफ्नै या अन्य कुनै यूट्युब च्यानलमा ‘हे गोरी कभर भिडियो र आफ्नो ग्रुपको नाम सहितको टाइटल राखेर अपलोड गरी उक्त भिडियोको लिंक prarajpoudel@gmail.com मा इमेल गर्नु पर्नेछ ।

भिडियो पठाउने अन्तिम मिती आगामी माघ १५ गते तोकिएको छ । उत्कृष्ट ३ भिडियोलाई क्रमश ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने ‘हे गोरी’ गीतका रचनाकार पुस्कर पन्तले जानकारी दिएका छन् ।

कभर भिडियोको मुल्यांकन ओरिजिनल भिडियोका कोरियोग्राफर, निर्देशक लगायतले गर्ने छन् । शंकर थापा स्माइलको संगीत रहेको यस गीतको ओरिजिनल भिडियोमा बुगीउगी डान्स रियालिटी शो विजेता कविता नेपाली र रचनाकार पन्त फिचर्ड छन् ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियोको कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.