पुराना सुपरस्टारको मेल कती आवश्यक ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता राजेश हमाल र अभिनेता भूवन केसीविच हाइ हेल्लो त होला, तर दुश्मनी उस्तै छ । मौका परेको बेलामा भूवन केसी राजेश हमाललाई दिइएको महानायकको उपाधिमा प्रश्न उठाउन समय लगाउँदैनन् । उनी समय समयमा महानायकको अर्थ पनि संझाउँछन् । यसको अर्थ के हो भने, भूवनलाई राजेशलाई दिइएको महनायकको संज्ञा फिटिक्कै मन परेको छैन ।

पुराना सुपरस्टारहरुमा हेर्ने हो भने, भूवन केसी जस्तो सक्रिय अरु कोही पनि छैन । भूवन केसीले फिल्मको पर्दामा त छोरा अनमोल केसीलाई अगाडि सारिसकेका छन् । तर, उनी निर्माता र निर्देशक बनेर सधै नै चर्चामा बनेको पाइन्छ ।

यो चर्चा अभिनेता राजेश हमालले फिल्म मात्र खेल्दा गुमाउन थालेका छन् । अब, उनी सिनेमाको निर्माण र निर्देशनमा आएनन् भने उनलाई साह्रो पर्नेछ ।
तर, भूवन केसी र राजेश हमालको यूग समाप्त हुँदै गर्दा उनीहरु एकैसाथ फिल्ममा देखिएको खण्डमा के होला ? पक्कै पनि दर्शकका लागि नयाँ उत्साह मात्र हुनेछैन, उनीहरुका लागि पनि पर्दामा फर्किने गतिलो उपाय हुनसक्छ ।

नेपाली फिल्ममा अहिले अनमोल केसी, प्रदिप खड्का, पल शाहहरुको यूग सुरु भएको छ । जसले पुराना अभिनेताहरुको यूग सकिएको चर्चा हुन्छ ।
तर, युग सकिदैन । बनाउन पनि जान्नुपर्छ । पुराना कलाकारहरु जसरी पर्दामा एकसाथ काम गर्थे, के त्यो संभव छैन र ?

अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीले एकसाथ केही सिनेमामा काम गरेका छन् । तर, उनीहरुलाई एकसाथ फिल्ममा हेर्न चाहने दर्शकको सपना लामो समयदेखि पुरा भएको छैन । केही दिन अघि मात्र नेपालगञ्जको विमानस्थलमा यी ३ र अभिनेता रमित ढुंगाना भेटिए । यी ४ को जम्काभेट रोचक त थियो नै । तर, यी चारैले फेरि एकसाथ पर्दामा आफूहरुलाई कुनै न कुनै रुपमा एकसाथ ल्याउन सकेको खण्डमा त्यो यूग सुरु नहोला र ?

अभिनेता निखिल उप्रेती र विराज भट्टविचको दुश्मनी यो तस्बिरले पनि सकिएको हो कि भन्ने महशुश गराउँछ । किनकी, अहिले यी दुबै चलेका छैनन् । तर, विराज र निखिललाई स्टारडमको घमण्ड हुँदा यी दुइमा दुश्मनी मौलाएको थियो । विराज भट्टले नेपाली फिल्ममा अभिनेता निखिल उप्रेतीको प्रवेश भएपछि आफूलाई पनि फिल्म दिन र भोजपुरी फिल्मबाट नेपाली फिल्ममा कमब्याक गराउन निर्मातासँग हारगुहार गरेका थिए ।

कलाकारहरुमा स्टारडमको घमण्ड सधै नै हुन्छ । अहिले अभिनेता अनमोल केसी र प्रदिप खड्कामा देखिएको दुरीको कारण पनि यही नै हो । स्टारडमको घमण्डका कारण नै यी दुई अभिनेतामा प्रतिस्पर्धा देखिएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा स्टारडमको घमण्डकै कारण ८ बर्ष बोलेनन् । तर, बोलेर एकसाथ फिल्म त खेले । फिल्म चलेन ।

अब, पुराना अभिनेताहरुले आफूलाई एकसाथ एउटै फ्रेममा ल्याउन जरुरी छ । राजेश, विराज, निखिलका जर्बजस्त फ्यान अझै पनि छन् । उनीहरुले मात्र आफूहरुलाई फेरि एक बनेर अगाडि मात्र बढाउन आवश्यक छ ।

निखिल, विराज फिल्म बनाउँदैछन् । राजेशको पनि फिल्म बनाउने कुरा छ । अभिनेता रमित ढुंगानाले पनि सिनेमा बनाइरहेका छन् । कुनै न कुनै रुपमा सुपरस्टारहरुले पर्दा शेयर गर्ने उपाय खोजे भने, पक्कै पनि सिनेमा वृत्तका लागि पनि यो फाइदाको कुरा हो ।

यो पनि पढनुहोस् :
सिने क्षेत्रका यी जोडी, जसले प्रेम र बिहेका लागि उमेर हेरेनन्

भिडियो पनि हेर्नुस

जनयुद्धमा आँखा गुमाएका अरुण र ८ बर्षको उमेरमा खुट्टा गुमाएकी रोमा बने हिरो हिरोइन | Lady With Lamp
Prev 1 of 105 Next
Prev 1 of 105 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.