कलाकार मात्र होइनन्, चलेका निर्देशक पनि हराउँछन्

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा चलेका कति कलाकार अहिले यो क्षेत्रमा छैनन् होला । नाम लिने हो भने लामो कथा बन्छ । किनकी, नेपाल भित्रै हराएका कलाकारको संख्या नै प्रशस्त छ । अमेरिका र अन्य देशमा पुगेका कलाकारको सूची बनाउँदा अझै लामो होला । कुनै पनि कलाकारको अवधी १० बर्ष मानिन्छ । त्यो भन्दा बढी चलेको खण्डमा त्यो उनीहरुको विशेष संघर्ष हो । कलाकारलाई अरु नयाँ कलाकार विस्थापित गरिदिन्छन् र उनीहरु हराउँछन् या अरु कुनै काममा बढी व्यस्त हुन्छन् ।

तर, यसरी हराउनेमा कलाकार मात्र होइनन् । निर्देशक पनि धेरै छन् । जसको फिल्मले काम गर्न छाडेपछि उनीहरु हराउँछन् भने कतिपय निर्देशक हतारिएर बायोग्राफी बनाउँछन् र विदेशतिर लाग्छन् । दर्शकलाई अझै पनि याद होला । नेपाली फिल्ममा हिट फिल्म दिने निर्देशक हुन् तुलसी घिमिरे । तुलसी घिमिरेको जती सफल फिल्म त अरु निर्देशकले दिएका छैनन् होला । तर, अहिले तुलसी घिमिरेको सिनेमा नेपालमा चल्दैन । उनले बनाएको पछिल्लो फिल्म दर्पण छायाको कथावस्तु र मेकिङ नै अहिलेको पुस्तालाई मन नपर्ने खालको थियो ।

यो सिनेमा सुपर फ्लप भयो । लहना, दृष्टिकोण, देश, दर्पण छाया २ लगायतका सिनेमा नचलेपछि तुलसी घिमिरेको फिल्म क्रेज पनि सकिएको चर्चा छ । उनी अहिले नेपाल भन्दा बढी दार्जिलिङमा बस्छन् ।तुलसी घिमिरेपछि आएका धेरै निर्देशक अहिले छैनन् । निर्देशक मदन घिमिरेले बनाएका सिनेमा कुनै बेलामा यति हिट हुन्थे कि, सिनेमा निर्देशनमा उनी अब्बल मानिन्थे । जमाना अनुसार सबै कुरा परिवर्तत हुन्छ । मदन घिमिरेका सिनेमा अहिले चल्न छाडे । उनलाई पनि निर्माताले पैसा लगानी गर्न छाडे । अहिले उनी पनि सिनेमा क्षेत्रमा खासै जोडिएका छैनन् ।

नेपालमा हिट सिनेमाको लिस्ट निर्देशक दिपक श्रेष्ठसँग पनि छ । हिम्मत जस्तो सिनेमाका हिट निर्देशकले पर्खी बसे जस्तो सिनेमा पनि बनाए । तर, उनले जीया केसीलाई लिएर निर्देशन गरेको एक सिनेमा असफल भयो । उनी अहिले खासै सुनिएका छैनन् । दिपक श्रेष्ठको पनि फिल्म निर्देशनमा डेट सकिएको चर्चा चल्छ । सिनेमा निर्देशनमा लक्ष्मीनाथ शर्मा, नारायण पुरी लगायतका निर्देशक पनि अहिले चल्न छाडे । नारायण पुरी त अहिले अमेरिकाको ग्रिन कार्ड लिएर उतै पुगेका छन् । उनले बनाएको आगो सिनेमा दर्शकले भुल्न सक्दैनन् ।

निर्देशक गोपालचन्द्र लामिछाने पनि ३ वटा सिनेमा निर्देशन गरेर ग्रिन कार्ड बनाएरै अमेरिका हानिएका छन् । अमेरिका जाने कलाकारको मात्र होइन, निर्देशकको सूची पनि लामो नै छ । बाबुराम ढकालदेखि राजु शाहहरुको यूग पनि सकिएको छ । नेपाली फिल्ममा निश्चल बस्नेत, दिपेन्द्र के खनाल, दिपाश्री निरौला, रामबाबु गुरुङ, नवल नेपाल लगायतका निर्देशकको यूग सुरु भएपछि पुराना निर्माताहरुको क्रियशन बिक्न छाडेको हो ।

यसैले अहिले धेरै निर्देशकले नयाँ बाटो खोजिसकेका छन् भने कतिपयले जसोतसो आफ्नो उपस्थिती सिनेमामा बिकाइरहेका छन् । धेरै निर्देशक समय अनुसार चल्न नसक्दा हराएको देखिएको छ । डिजिटल यूगमा नेपाली फिल्मको प्रवेशसँगै यस्तो अवस्था आएको हो । क्रियशन मर्दैन । तर, क्रियशन समय अनुसार परिवर्तन गर्न सक्नुपनि पर्छ ।

यो पनि पढनुहोस;
सिने क्षेत्रका यी जोडी, जसले प्रेम र बिहेका लागि उमेर हेरेनन्

भिडियो पनि हेर्नुस

जनयुद्धमा आँखा गुमाएका अरुण र ८ बर्षको उमेरमा खुट्टा गुमाएकी रोमा बने हिरो हिरोइन | Lady With Lamp
Prev 1 of 105 Next
Prev 1 of 105 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.