‘चौका दाउ’लाई पनि पिजी सर्टिफिकेट

पौष २७ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘चौका दाउ’ले सेन्सर पास भएको छ । फिल्मलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको फिल्मलाई सौर्यजित बास्कोटा र मनोजराज भण्दारीले मिलेर निर्माण गरेका हुन । फिल्ममा संगीतकार बास्कोटाकै कथा, दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘चौका दाउ’मा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
कलाकार मात्र होइनन्, चलेका निर्देशक पनि हराउँछन्

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.