सिमानापारी आएका हिरो-हिरोइन, तर चम्किएन करिअर

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्मका कलाकार सिमापारीको देश भारतको विभिन्न प्रान्त र बलिउडमा बन्ने फिल्ममा काम गर्नका लागि सधै तयार हुन्छन् । बलिउडलाई सपनाको शहर बनाउनेहरु त्यहाँ खासै सफल मानिदैनन् । तर, अहिले भोजपुरी, तामिल, तेलुगु लगायतका भाषामा बन्ने सिनेमामा काम गर्नका लागि पनि कलाकारले मरिहत्ते गरेका छन् । भोजपुरी सिनेमामा त नेपाली कलाकारको बाक्लो उपस्थिती छ ।

अभिनेता विराज भट्ट, निखिल उप्रेती, आयुष रिजालदेखि अभिनेत्रीहरु शिल्पा पोखरेल, नीता ढुंगाना लगायतले भोजपुरी सिनेमाको स्वाद चाखिसकेका छन् । तर, सिमापारीको देश भारतमा मात्र काम गर्नका लागि नेपालबाट कलाकार गएका छैनन् । उताबाट पनि नेपालमा कलाकार आएका छन्, जसले नेपाली फिल्ममा राम्रै प्रभुत्व जमाएका छन् ।

पुरानो जमानामा त धेरै कलाकार सिमापारीबाट आएका थिए । दार्जिलिङगकी निरुता सिंह, तुलसी घिमिरेदेखि उत्तम प्रधान लगायतका कलाकारले नेपाली फिल्ममा बर्चस्व कायम गरेका थिए । यो प्रेम र आगमन अहिले पनि उस्तै छ ।

आज मात्र राजधानीमा २ वटा कार्यक्रम आयोजना भएका छन् । आज राजधानीमा आयोजना भएका २ कार्यक्रममा २ जना अभिनेत्री उपस्थित थिए । फिल्म हृदयभरीबाट नेपाली फिल्म क्षेत्रमा श्रद्धा क्षेत्रीको आगमन हुँदैछ । श्रद्धा नेपालकी होइनन् । उनी भारतको कोलकत्ताबाट आएकी हुन् । कोलकत्तामा रहेर मोडलिङ गर्दै आएकी उनी सानैदेखि फिल्म खेल्ने रहरले यो क्षेत्रमा आएको बताउँछिन् ।

आजै आयोजना भएको अर्को कार्यक्रम समर लभकी अभिनेत्री रेवती क्षेत्री पनि नेपाली मुलकी भारतीय हुन् । उनले पनि यो सिनेमाबाट राम्रो संभावना देखाएकी छिन् । रेवती आफूलाई पनि अभिनयको भोक लागेकाले यो क्षेत्रमा आएको बताउँछिन् ।

विशेषगरि नेपाली फिल्ममा काम गर्ने हिरोइनहरु सिक्किम, दार्जिलिङबाट आएका छन् । नेपाली भाषा बोल्न पनि अप्ठ्यारो नहुने भएकाले उनीहरुलाई यो क्षेत्रमा आउन सहज छ ।
अझ, भारतका यी स्थानसँग नेपालको नजिकको कनेक्शन भएकाले पनि उनीहरु र नेपाली फिल्मको निकटता अझै देखिन्छ ।

यसरी आएका कलाकारमा फिल्ममा भाषाको समस्या थोरै देखिएको छ । तर, भाषाको समस्या देखिएतापनि उनीहरुले आफूलाई राम्रैसँग उभ्याएका छन् । तर, औलामा गन्न सकिने कलाकार बाहेक सिमापारीको देशबाट नेपाली फिल्ममा आएका कलाकारहरुको सफलता निकै कम छ । धेरैले रहरलाई रहरमा मात्र सिमित गरेका छन् ।

नेपाली फिल्म अहिले प्रतिस्पर्धात्मक बजारमा दौडिएको छ । दैनिक दर्जन बढी कलाकार यहाँ स्टार बन्ने सपनाले आउँछन् । अभिनेत्री उमा बेबीकी छोरी सिवानी गिरीले पनि सिनेमा क्षेत्रमा हात हालिसकेकी छिन् । सिक्किमकी सिवानीको जवानीको चर्चा बढी भएपनि अभिनयले खासै कमाल गर्न सकेन ।

कुनै पनि देशको कला क्षेत्रले उसलाई कुन देशको भनेर रोक्दैन । तर, यो क्षेत्रमा आउने रहर मात्र भएर हुँदैन । यहाँ आउनुअघि आफूलाई तयार पारेर पनि आउन जरुरी छ । यसो भएको खण्डमा नेपालका हुन् या नेपालीभाषी, सबैलाई दर्शकले स्विकार गरेका छन् ।

यो पनि पढनुहोस्;
रवि र निकिताको बिहे चर्चा कसरी चल्यो ?

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.