यस कारण छाडे अनमोलले ‘ब्याचलर बन्टी’

मिलन चाम्सको निर्देशनमा फिल्म ‘ब्याचलर बन्टी’ बन्ने घोषणा केही समय अघी भएको थियो भने फिल्मको लिड रोलमा अभिनेता अनमोल केसी समेत फाइनल भइसकेका थिए । तर अहिले अनमोलले फिल्मबाट हात झिकेका छन । अघिल्लो असोजमा फ्लोरमा जाने र आगामी फागुनमा प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म बन्ने केही समय अघी सम्म अत्तोपत्तो थिएन । तर केही दिन अगाडिमात्र फिल्म आगामी बैशाखमा फ्लोरमा जाने र भदौमा प्रर्द्शनमा आउने भनिएको थियो ।

यसैबीच फिल्म साइन गरेर १० लाख रकम समेत बुझीसकेका उनले फिल्म नगर्ने भएका छन । सार्वजनिक खबरका अनुसार,उनले फिल्मको स्क्रिप्ट पहिलानै पढिसकेका थिए । तर फिल्मको अन्तिम लाइनमा आफुलाई ढाल्न नसकेको र उनलाई सो स्क्रिप्ट मन नपरेको हुनाले उनले फिल्म छाडेका हुन ।

फिल्म नगरने खबर सार्वजनिक भए लगतै मंगलबार बेलुका उनी अमेरिका उडेका छन । फिल्मको निर्माण मिलन र ‘लिलिबिली’ का निर्माता सुदिप खड्काको प्रोडक्सनको ब्यानरमा बन्ने छ ।

यो पनि पढनुहोस्:
घमण्डले चकनाचुर भएको कलाकारको करिअर

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.