मन्त्री भेटघाट र प्रेसमीटमा ब्यस्त गोपी

माघ १८ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘गोपी’ निर्माण टिम अहिले फिल्मको प्रचारप्रसारमा निकै ब्यस्त रहेको छ । निर्माण टिम यतीबेला श्रममन्त्री, कृषि मन्त्रीसँग भेटघाट लगाएत दिनै जसो प्रेसमिट लगाएत प्रचारप्रसारमा ब्यस्त देखिन्छन ।

फिल्मको प्रर्द्शन मिती नजिकिदै गर्दा निर्माण टिमले प्रचारप्रसारका विभिन्न फन्डा अपनाउने गर्छन तर ‘गोपी’को हट एयर बलुनमा पोस्टर टाँस्ने ,दिनहु जसो मन्त्री भेटघाट र प्रेसमीट लगायतको फन्डाले ‘गोली’लाई निकै फरक रुपमा प्रस्तुत गरेको छ ।

निर्माण टिमले केही समय अगाडि फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गरेको थियो । जसमा गाई पालनमा लागेका युवाले भोग्नु परेको पिडा अपहेलनालाई प्रश्ट रुपमा देखाइएको छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिन कार्कीले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा विपिन र बर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

यो पनि पढनुहोस् :
सेक्सी देखिन स्तन सर्जरी गर्ने यी अभिनेत्री

भिडियो पनि हेर्नुस

जनयुद्धमा आँखा गुमाएका अरुण र ८ बर्षको उमेरमा खुट्टा गुमाएकी रोमा बने हिरो हिरोइन | Lady With Lamp
Prev 1 of 105 Next
Prev 1 of 105 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.