रणवीर फिल्म समिक्षाः बदला र प्रेमको गतिलो मेकिङ

सुत्र इन्टरटेन्मेन्ट- रणवीरः सुशिल र प्रशान्तको द्धन्द्धमा फक्रिएको प्रेम
फिल्मको नामः रणवीर
निर्देशक गोविन्द सिंह भण्डारी
कलाकारः सुशिल सिटौला, प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवि गिरी आदि ।
कथावस्तु
गाउँमा हिरो बन्ने रणवीर । शहर प्रवेशसँगै धनाढ्य व्यापारी टिका पहाडीको नजिक पुग्न चाहन्छ । यसका लागि उसले टिकाका दाहिने हात मानिने नरेश पौडेलकी छोरी शुभेक्षा खड्कालाई प्रेम जालमा फसाउँछ । सुवेक्षा आफू रणवीरको प्रेम जालमा फसेको पछि मात्र थाहा पाउँछे ।

रणवीरले किन सुवेक्षालाई प्रेम जालमा फसाउँछ, यसका लागि दर्शकले सिनेमा नै हेर्नुपर्छ । दोश्रो हाफ रणवीरको विगतबाट सुरु हुन्छ । गाउँकी सुपुष्पा जो काठमाण्डौ बसेर पढ्दै गरेकी हुन्छे । रणवीर सुपुष्पाको प्रेममा पर्छ । उसलाई पाउनका लागि विभिन्न काम गर्छ । तर, प्रेम जोडिन नपाउँदै टुट्छ । उनै सुपुष्पाको प्रेमको बदलाका लागि रणवीर आक्रामक बन्छ र द्धन्द्धमा उत्रन्छ ।

राम्रो के हो ?
रणवीर त्यस्तो गम्भिर कथावस्तुमा बनेको सिनेमा होइन । जसले, साउथका सिनेमा हेर्ने गरेका छन्, ती दर्शकका लागि यो सिनेमा एउटा गतिलो खुराक हो । सिनेमाको द्धन्द्धात्मक पक्षलाई दर्शकले निकै मन पराउँछन् । चन्द्र पन्तको निर्देशनमा बनेको यो सिनेमाको द्धन्द्धले दर्शकलाई जुरुक्कै उठाउँछ । सिनेमाको क्लाइमेक्स उत्कृष्ट छ ।

सिनेमामा २ यूवतीसँग रणवीरको प्रेम देखाइएको छ । दुबै जनासँगको प्रेम सम्बन्धको प्रक्रियाले दर्शकलाई होल्ड गर्छ । सिनेमाका गीतसंगीतले होल्ड गर्छन् । सिनेमाको मेकिङमा निर्देशक गोविन्द सिंह भण्डारीले विशेष ध्यान दिएका छन् । साना साना कुरामा पनि दर्शकलाई रमाउने र एकैछिनमा के हुन्छ भन्ने बनाइदिन्छ । सिनेमाको पटकथा बगेको छ ।

कलाकारको अभिनयमा पनि खासै खोट लगाउने ठाउँ छैन । कलाकार सुशिल सिटौलाले पहिलो पटक आफूलाई रोमान्टिक र रिसाहा अवतारमा ढालेका छन् । प्रशान्त ताम्राकारको अभिनय उत्कृष्ट छ । नयाँ भएपनि सुपुष्पा र सुवेक्षाले आफूलाई नयाँ हो भन्ने छनक देखाएका छैनन् ।

के छ कमजोरी ?
सिनेमाको जुन जनरा छ, त्यो अनुसार धेरै ठाउँमा सुस्त लाग्छ । द्धन्द्धात्मक सिनेमा केही फास्ट बग्दा दर्शकलाई अझ मज्जा आउँछ । यसमा सिनेमा चुकेको छ । सुपुष्पासँगको प्रेमको दृश्य लामो लाग्छन् । उनीहरुको कथालाई अझै चाडो टुंगाइदिएको भए राम्रो हुने थियो । रणवीर जुन कुराका लागि बदला लिन कुदेको छ, त्यसमा उसले आफूलाई पूर्ण रुपमा बदलाको स्वभावमा ढाल्नु पर्ने देखिदैन ।

उसले प्रेमिका गुमाउनुको पीडा भोगेको छ, तर गुमाउने तरिका र उसको बदलाको अवस्था त्यती स्वभनिय लाग्दैन । सिनेमामा समावेश तिरिमिर तिनतारा गीत सिनेमामा समावेश नगर्नु, अर्को कमजोरी हो ।

हेर्ने कि नहेर्ने ?
साउथ स्टाइलका सिनेमा मनपर्ने दर्शकका लागि रणवीर विशेष लाग्छ । नेपालमा पनि यत्तिको मेकिङमा सिनेमा बन्छ भन्ने दर्शकले ठान्नुहुनेछ । गम्भिर बिषयमा सिनेमा हेर्न रुचाउने दर्शक हलसम्म नजानुहोला । तर, जसलाई मारकाट र प्रेमको सिनेमा मनपर्छ, उनीहरुका लागि यो सिनेमा विशेष हुनेछ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.