हिरोइनलाई डेब्यूले उठाउने नै तनाव

सुत्र इन्टरटेन्मेन्ट- मिस नेपाल २०१२ मा सहभागी भएर सेकेन्ड रनरअप हुँदा सुवेक्षा खड्कालाई सिनेमाको अफर गर्ने कम थिएनन् । तर, स्टेजमा चलिरहेकी उनलाई सिनेमामा आइहाल्न मन थिएन । कारण थियो, कथावस्तु । किनकी, डेब्यू सिनेमाले उठाएन भने गाह्रो हुन्छ भन्ने उनले पनि वुझेकी थिइन् ।

यसैले पनि उनले ऐश्वर्य जस्तो सिनेमामा काम गरिनन् । सुवेक्षालाई यो सिनेमामा केकी अधिकारीको छायाँमा पर्ने पिर थियो । यसैले उनले सिनेमामा डेब्यू गर्नका लागि समय लगाइन् । रणवीर सिनेमाको कथाले उनलाई छोयो र काम गरिन् । तर, सिनेमाले प्रशंसा पाउँदा व्यापार राम्रो गरेन । डेब्यू सिनेमाले उठाउँछ भन्ने उनको आशा निराशामा बदलियो ।

सीए पढेकी सुपुष्पा भट्टलाई सानैबाट सिनेमामा काम गर्ने रहर थियो । रहर पुरा गर्ने हतियारको रुपमा मोडल तथा कलाकार प्रशान्त ताम्राकार उनको अगाडि आइपुगे । उनी, रणवीर सिनेमाको माध्यमबाट सिनेमामा आए । तर, यो सिनेमाको व्यापारले सुपुष्पालाई आफू माथि उठ्छु या उठ्दिन भन्ने तनाव छ ।

डेब्यू सिनेमा कलाकारका लागि अवसर र जोखिम बन्ने गरेको छ । सबैजना साम्राज्ञी राज्यलक्ष्मी शाह, जसिता गुरुङ बन्दैनन्, जो पहिलो सिनेमाबाट नै सुपरस्टार बन्छन् ।

सिनेमा गरुण पुराडकी हिरोइन प्रियंका सिंह ठकुरी टिकटकमा अभिनय गर्दा नै हिरोइन हुन्छु भनेर सोच्थिन् । यसैले गरुण पुराड सिनेमा उनले रोजेकी हुन् । तर, यो सिनेमा नचलेपछि उनलाई पनि गाह्रो पर्ने अवस्था छ ।

सिनेमा क्षेत्रमा दुई थरीका डेब्यू अभिनेत्री छन् । पहिलो स्टार कलाकारसँग काम गरेर चर्चा पाउने, दोश्रो परिवारको माध्यमबाट आउने । अभिनेत्री आश्मा गिरीका लागि ड्रिम गर्ल विशेष थियो । किनकी, युटुबको वेव सिरिजमा उनी चलेकी थिइन् । उनलाई सिनेमामा आउनुहोस्, हिरोइन बन्ने मान्छे किन युटुबमा अल्झिएको भनेर प्रतिक्रिया दिने धेरै भए । उनले पनि सिनेमालाई करिअरको नयाँ आयाम संझिइन् । तर, पहिलो सिनेमा ड्रिम गर्ल नै नचलेपछि उनलाई गाह्रो पर्ने निश्चित छ ।

नयाँ हिरोइनहरुको अभाव नेपाली सिनेमाले सधै नै भोग्छ । पहिलो सिनेमामा काम गर्दा निकै नै उत्साहित हुने अनी थन्किने अभिनेत्रीको संख्या लामो छ । थोरै मात्रले करिअरलाई बाटो बनाउन सक्छन्, अरुको यसै टुंगिन्छ ।

अहिले टिकटकमा रेश्मा घिमिरे हिट छिन् । उनले पनि नर्सिङ पेशासँगै सिनेमामा काम गर्ने रहर पलाएकी थिइन् । उनले एउटा सिनेमामा काम पनि गरिन् । तर, त्यो सिनेमा चलेन । सिनेमा नचलेपछि हराएकी उनलाई अहिले टिकटकको अभिनयले स्टार त बनाएको छ । तर, उनको अभिनेत्री बन्ने सपना खासै पुरा हुन सकेन ।

नेपाली फिल्मका मेकरले अहिले हरेकजसो सिनेमामा डेब्यू हिरोइन नै खोज्न थालेपछि एउटा सिनेमा खेलेका कलाकारलाई समस्या पर्न थालेको छ । पहिलो कुरा त एउटा सिनेमा नचलेपछि दोश्रोमा निर्माताले नखोज्ने समस्या, अर्कोतिर, हरेक सिनेमाका लागि नयाँ अनुहारको खोजी । यसले पहिलो सिनेमाबाट नचलेका हिरोइनहरुको करिअर यता न उता हुने अवस्था आइरहेको छ ।

बर्षमा सय वटा सिनेमा त बन्छन् । त्यसमध्ये आधा दर्जनले लगानी उठाउँछन् भने एक दर्जन जती दर्शकमा नोटिस हुन्छन् । यसमा परेका हिरोइन पनि हराएका छन् ।

निर्माताले सिनेमा नचलेपनि काम हेरेर हिरोइनलाई अफर गर्ने क्रम निकै कम छ । यहीकारणले नै हो, डेब्युको जोखिम नेपाली हिरोइनहरुमा चर्को देखिएको छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.