फिल्म ‘रुमालै छ चिनो’ को ‘आमा नबस्नु पर्खेर’ सार्वजनिक

फागुन १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रुमालै छ चिनो’ को ‘आमा नबस्नु पर्खेर’ बोलको गीत सार्वजनिक भएको छ । यूटूब मार्फत उक्त गीतमा आमा र फौज छोराको पिडालाई देखाइएको छ भने गीतमा विरही थापाको स्वर तथा संगीत र रेशम थापाको शब्द रहेको छ ।

दिनेश सिंह ठकुरी निर्देशीत यो चलचित्र काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको हो । ज्योती फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ ।

बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गर्ने यो चलचित्रमा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रेशम थापाको कथा छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.