फिल्म’बैनाबट्टा’को शुभ मुर्हत सम्पन्न

फिल्म’बैनाबट्टा’को शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड थिचि फिल्मको शुभ मुर्हत भएको घोषणा गरेका थिए ।

सुम्हात्लुङ फिल्मस प्रा।लि।को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्नु हुनेछ । फागुनको पहिलो साताबाट छायांकन हुने यो फिल्म सुदुरपूर्वी जिल्लामा बसोबास गर्ने आदिबासी जनजातीहरुको पहिचान झल्काउने विषयबस्तुमा आधारीत रहने निर्देशक राज चाम्लीङ्गले बताएका छन् ।

प्रेम लावतीको निर्माण रहने यस फिल्ममा अघिकांश नयाँ कलाकारहरु नायक देवेन्द्र नेम्वाङ्ग नायिका कविता राई , बाबु मोक्तान , रश्मीला तामाङ्ग, अर्जुन श्रेष्ठ, पूर्ण पोर्यटेल, नरेश वानेम, रिया सुब्बा , रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राई लगातको अभिनय रहने छ ।

४ वटा गीतमा रहेको यस फिल्ममा संगीतकारहरु बुद्धराज इङवा राज चाम्लीङ्ग,र संतोष राई हुनुहुन्छ । दिपक लिम्बु, मेलिना राई , संतोष राई, दिपा लामा राज लिम्बु , करुवा राई र दिप्सन लिम्बुले चलचित्रमा गाउनु हुनेछ । करीब ४० लाख रुपैयामा बन्न लागेको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.