चलचित्र ‘निर्जला’को इन्डक्ल्याप, बडा दशैंको फूलपातीलाई रिलिज मिति समेत तोकियो

काठमाडौं पुस, २२–
नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाँडाँमा दशैंको गीत खिच्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलको स्वर रहेको छ । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् ।

पुसको कठ्याङ्ग्रीदो जाडोमा दुई दर्जन कोरस राख्दै चलचित्रको गीतलाई घ्याम्पे डाँडाँमा भिडियो मार्फत ढालेका हुन् नृत्य निर्देशक कमल राईले । राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्माता रहेको चलचित्रके रिलिज मिति समेत तय गरिएको छ । आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिनदेखि चलचित्र रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

शुभेच्छाकै कथा तथा संवाद रहेको चलचित्र ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ । यस अघि निर्देशक राजु र नायिका शुभेच्छाले ग्ल्यामरका नाममा समाजले पचाउनै नसक्ने दृश्य दिएको भन्दै आलोचना भएको थियो । यो चलचित्र मार्फत आफूहरुलाई लागेको दाग मेटिनेमा यि दुई विश्वस्त रहेका छन् । यो पटक चलचित्रमा त्यस्तो कुनै दृश्य समेत नभएको र परिवारकासाथ बसेर हेर्न मिल्ने चलचित्र बनाएको निर्देशक गिरीको भनाई छ ।

व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै चलचित्र मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन् । उनले फिल्म निर्माणलाई निरन्तरता दिने बताएका छन् । चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्धन्द तथा रवि कोइरालाको छायांकन रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video