पूजाको बर्थडे पार्टीमा कलाकारदेखि पत्रकारसम्मको घुइँचो, ब्रुनाईदेखि आएको उपहारको चर्चै–चर्चा (भिडियो)

काठमाडौं–
अभिनेत्री पूजा शर्माले सोमबार आफ्नो जन्मदिन भब्यरुपमा मनाएकी छिन् । उनको जन्मदिनमा यो पटक फिल्म ‘रामकहानी’ टिमले उनलाई निकै ठुलो उपहार प्रदान गरेको छ । नायिका शर्माको जन्मदिनको अवसर पारेर फिल्म निर्माण टिमले ‘तिम्रै लागि म छु’ बोलको गीत सार्वजनिक गरेको हो ।

अभिनेत्री शर्माले पनि यसैलाई आफूले ठुलो उपहार ठानेको प्रतिक्रिया दिएकी छिन् । पुजाको जन्मदिन पार्टीमा नेपाली सिनेजगतका चर्चित कलाकारदेखि मिडियाकर्मीसम्मको बाक्लो उपस्थिति रहेको थियो । पूजाशर्मालाई जन्मदिनको शुभकामना दिन गएका कलाकर्मीदेखि मिडियाकर्मीसम्मले उनलाई जन्मदिनको शुभकामनादेखि उपहारसम्म प्रदान गरेका थिए । अभिनेत्री शर्मालाई बु्रनाईदेखि आएको उपहारको निकै चर्चा समेत भएको थियो ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video