गायक प्रेम गुरुङ नेपाली पप गीत ‘दूरी’ लिएर दर्शकमाझ (भिडियो)

काठमाडौं–
गायक प्रेम गुरुङको एल्वम् ‘अबतार’ मा समाबेश ‘दूरी’ बोलको नयाँ नेपाली पप गीतको म्यूजीक भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा निकै फरक शैलीका गीतसंगीतका माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक गुरुङकै शब्द संगीत रहेको गीतमा एरेञ्ज भने मानशी किरणको रहेको छ । गीतको भिडियोमा प्रिन्स, गोमा र धिरज फिचर्ड छन् ।

खगेन काउछाको निर्देशन रहेको गीतको म्यूजीक भिडियोमा ड्रोनको समेत प्रयोग गरिएको छ । भिषण काउछा र चाइनिज धवाकको छायांकन रहेको गीतको सम्पादन भने बिजय गुरुङले गरेका हुन् । गायक गुरुङले जनाए अनुसार निकै गम्भिर रोगले च्यापेपछि लगभग बाँच्ने आशा नै सकिएपछि एक प्रेमीले आफ्नो प्रेमिकाको लागि व्यक्त गर्ने पीडाको भाव गीतमा रहेको छ । गीतको छायांकनको लोकेशन निकै उत्कृष्ट चयन गरिएको छ ।

स्वर, संगीत र श्ब्दमा गायक प्रेमले निकै अब्बल काम गर्न सफल भएका छन् । निर्देशक खगेन काउछाले निकै मनोरम लोकेशन चयन गर्न सफल भएका छन् । साथै, छायाँकारद्वयले पनि सुन्दर दृश्यहरु आफ्ना क्यामेरामा कैद गर्न सफल भएका छन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video