अनमोलका डुप्लिकेट अभिषेकको श्रृष्टीसँग रोमान्स (भिडियो)

काठमाडौं–
केही समय अगाडि एक यूवा सामाजिक सञ्जाल र यूट्युवमा भाइरल भए । उनी थिए, अभिषेक श्रेष्ठ ।

नायक अनमोल केसी जस्तै देखिने भनेर उनको चर्चा भयो । नृत्यमा पोख्त अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिन्छन् ।

उनै, अभिषकले म्यूजिक भिडियोमा मोडलिङ पनि गरिरहेका छन् । उनले, मोडलिङ गरेको एक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ ।

दाउत राइ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

भिडियोलाई रोमान्टिक शैलीमा निशानले तयार गरेका छन् । अभिषेक र श्रृष्टीको जोडी पनि भिडियोमा गज्जबले सुहाएको छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video