कलाकर्मी तथा मिडियाकर्मीको नजरमा को हुन् पूजा शर्मा ? यस्तो छ उनीहरुको प्रतिक्रिया (भिडियो)

काठमाडौं–
फिल्म ‘रामकहानी’ की अभिनेत्री पूजा शर्माले गएको सोमबार कलाकर्मी र मिडियाकर्मीको भिडभाड आफ्नो जन्मदिन मनाएकी छिन् ।

कलाकार पत्रकारको बाक्लो उपस्थिमिा जन्मदिन मनाईरहेकी अभिनेत्री पूजा शर्मालाई कलाकार तथा पत्रकारले बुभकामना मात्रै दिएनन् मन खोलर पूजाका राम्रा तथा नराम्रा बानीका बारेमा समेत भन्न भ्याए । उनीहरुले यसो भनिरहदा जन्मदिन समारोहमा निकै हाँसो समेत गुन्जिएको थियो ।

त्यही जन्मदिन समारोहमा पूजालाई बु्रनाईबाट प्राप्त उपहारदेखि उनकी आमाले सानो छँदाको पोल खोल्दा समेत लाजले पानी पानी भएकी पूजा सहकर्मीदेखि मिडियार्कीसम्मले उनका बारेमा राम्रा नराम्रा कुराहरु भनिदिदा मन खोलेर हाँसेकी थिईन् ।

भिडियो हेर्नुसः

कलाकार किरण केसीदेखि पत्रकार उत्सव रसाईलीसम्मले पूजा शर्माको बारेमा कमेन्ट गर्दा पूजा पनि के कम बीच बीचमा उनले चित्त नबुझेपछि तुरुन्त प्रतिक्रिया दिहाल्थिन् । कसैकसैले पूजा शर्मालाई क्युट, राम्री भन्न भ्याए त कसैले क्रिटिकल्ली कमेन्ट पनि गर्न भ्याए ।

भिडियो हेर्नुसः

नायक रमेश उप्रतीले पूजा बाहिर देखिए जस्तै भित्र पनि उस्तै देखिने व्यत्तित्व रहेको बताए । बितरक गोपाल कायस्थले निकै क्युट तथा मिल्ने साथी भएको प्रतिक्रिया दिए । उनले नेपाली फिल्म इन्डष्ट्रिज पूजाको कारणले पनि धानिएको उनको प्रतिक्रिया छ । त्यस्तै, रामकहानीका स्क्रिप्ट राईटर दिनेश न्यौपानेले एकदमै लोयल व्यक्तित्व भएको बताए ।

भिडियो हेर्नुसः

त्यस्तै, पूजा शर्माकी आमाले यो फिल्ममा काम गर्ने आकाश छोरा तथा पूजा छोरी भएको बताईन् । नायिका सञ्चिता लुईंटेलले आफूलाई पूजाले निकै मायाँ गर्ने बताईन् । उनले बेला बेलामा सम्झेर फोन गरिरहने समेत बताईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video