‘बेबी आइ लभ यु’ का नायक अन्तरवार्तामै किन भक्कानिए ? नायिकालाई सम्हाल्नै सास्ती (भिडियो)

काठमाडौं–
जेठ १८ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेबी आइ लभ यु’ का नायक नायिका सन्तोष खड्गी र नायिका पूजा तिवारीबीच फिल्ममा रोमान्स, लभ र विछोडलाई देख्न सकिन्छ । । केही समय पहिले सार्वजनि ट्रेलरमा त्यस्तै कुरालाई देख्न सकिन्छ । नायक सन्तोषले ट्रेलर तथा गीत रिलिजपछि दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया आईरहेको बताए । उनीहरु दुबैजनाले आफूहरुको अगाडी नब थप्दा आफूहरुलाई कुनै अफ्ठेरो नलाग्ने पनि बताए ।

फिल्मको कथावस्तु नायक खड्गी स्वयमले लेखेका हुन् । नयाँ पात्रको रुपमा फिल्म क्षेत्रमा प्रवेश गर्दा निकै मुश्किल भएतापनि आफूले प्रेशरको रुपमा नलिएको अभिनेता खड्गीको भनाई छ । नायिका तिवारीले फिल्मभित्र समरले साइरालाई गर्ने मायाँ फिल्ममा देख्न सकिने बताईन् । फिल्ममा अन्तरवार्ता दिदै गर्दा भक्कानिएका सन्तोषलाई सम्हाल्नै अभिनेत्री पूजालाई हम्मे हम्मे भएको थियो ।

जनक पाण्डे निर्देशित चलचित्रमा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा डान्स छ ।कार्टुन क्रुको प्रस्तुती रहेको चलचित्रको ‘कान् छी मायालु’ बोलको गीत हिट भैसकेको छ । प्रेसमिटमा ‘कान्छी मायालु’ गीतमा कभर डान्समा प्रथम हुने र गीत गाउनेलाई पुरस्कृत पनि गरिएको थियो ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video