फिल्म ‘हैरान’ ले ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्ने, अडिसनमा भाग लिने तरिका यस्तो

काठमाडौं–
फिल्म ‘हैरान’ ले प्रतिभाको खोजी गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्न लागेको हो । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजी वैशाख २० गते झापाबाट सुरु हुने अडिसनका लागि फिल्म युनिट मोफसल लागेको छ । फिल्मका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सगार लम्साल , आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन् ।

टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग फिल्म बारे अन्तरक्रिया समेत गर्नेछन । २० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन्
तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २/२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video