‘गोपी’ मा खगेन्द्र र सुरक्षाको ‘स्क्रिनसेयर’ (भिडियो)

काठमाडौं–
फिल्म ‘धनपति’ मा जोडी जमाएका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तबीच फेरि स्क्रिन सेयर हुने पक्का भएको छ । गतबर्ष ‘धनपति’ मा जमेको यो जोडी फिल्म ‘गोपी’ मा सँगै देखिने भएका हुन् ।

बुधवार राजधानीमा फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहने फिल्मको पटकथा भने सामिप्यराज तिमल्सेनाले लेख्ने भएका छन् । निर्देशक लामाले यसअघि ‘घामपानी’को निर्देशन गरेका छन् । फिल्मको कथा नीजि व्यवसाय गर्दा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनलाई परास्त गर्दै सफलता हात पार्ने एक युवकको कथामा आधरित रहेको छ ।
भदौ १ गतेबाट छायांकन सुरु गरिने फिल्ममा खगेन्द्र र सुरक्षाका साथमा अंकित खड्का र प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । निर्माण टिमले अन्य कलाकार छनौट हुन भने बाँकी रहेको जनाएको छ ।

फिल्म निर्माण घोषणा कार्यक्रममा बोल्दै अभिनेता लामिछानेले कथा उत्कृष्ट लागेकै कारण आफूलाई फिल्म नछाडेको छोड्न मन नलागेको बताए । ‘बधशाला’ पछि आफ्नै कथामा मात्र फिल्म खेलेको भन्दै लामिछानेले ‘गोपी’ बाट भने अरुको कथामा पनि खेलेको बताए । उनले भने, ‘मलाई सधै आफ्नै कथामा मात्र फिल्म गर्ने भनेर आरोप लाग्थ्यो । सायद अब ‘गोपी’ बाट उक्त आरोप मैले खेप्नु पर्दैन ।’

काठमाडौं उपत्यका तथा तराईमा समेत केही दृश्य खिचिने यो फिल्ममा आरोही केसी निर्माता तथा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्मातारहेका छन् । शैलेन्द्र डि कार्कीले खिच्ने यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहने बताईएको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video