नेपाल आइडल सिजन–२ को काठमाडौं अडिसनमा भेटिए यस्ता प्रतिभा, यस्तो छ उनीहरुको प्रतिक्रिया (भिडियो/फोटोफिचर)

काठमाडौं

गतबर्ष सम्पन्न रियालिटि ‘शो’ नेपाल आइडलपछि यो पटक दोस्रो सिजन पनि सुरु भएको छ । यसअघि धनगढी, नेपालगन्ज, हेटौंडा, धरान तथा पोखरा अडिसन सम्पन्न भएको सिजन–२ को अडिसन बिहिबार काठमाडौंमा पनि सुरु भएको हो ।

नेपाल आइडल सिजन–१ को अपार सफल्तापछि फेरि सिजन–२ को अडिसन पनि भव्य तरिकाले अघि बढिरहेको छ ।

नेपाली संगीत क्षेत्रको उत्कृष्ट कलाकारको खोजीका लागि नेपाल आइडल दोस्रो सिजन थप महत्वपूर्ण सावित हुने यो क्षेत्रसँगका सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौं अडिसन काठमाडौंमा रहेको इपिए स्कुलमा सम्पन्न भएको हो । एपीवान टेलिभिजनले नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ ।

यही साउन १० देखि साताको दुई दिन एपीवान टेलिभिजनमा नेपाल आइडल प्रसारण हुने आयोजकले बताएका छन् ।

अडिसनमा सहभागी प्रतिस्पर्धीहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । कसैलै निकै उत्साही भएको तथा कसैले निकै नर्भस भएको प्रतिक्रिया दिएका छन् । कसै कसैले त निकै फन्नी टाइपको प्रतिक्रिया पनि दिएका छन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video