आजदेखि हल छिरेको ‘डमरुको डण्डिबीयो’ हेरेपछि कलाकारहरुको यस्तो प्रतिक्रिया, के भन्छन् अभिनेता खगेन्द्र ?(भिडियो)

काठमाडौं–
आजदेखि अभिनेता खगेन्द्र लामिछाने अभिनित ‘डमरुको डण्डिबीयो’ हल छिरेको छ । यो फिल्म अभिनेता लामिछानेको निकै प्रतिक्षित फिल्मको रुपमा रहेको थियो । एउटा पुरानो तथा लोप हुन लागेको नेपाली खेल डण्डिबीयोमा आधारित फिल्म हेरेपछि सिने क्षेत्रका प्रतिष्ठित कलाकारदेखि सर्वसाधारण दर्शकसम्मले फिल्म हेरिसकेपछि दिल खोलेर प्रशंसा गरेका छन् । फिल्म हलबाट निस्किएका अभिनेता खगेन्द्रले आजबाट हलमा छिरेको फिल्मकोबारेमा आफूले भन्नु भन्दा पनि दर्शकको प्रतिक्रिया पर्खृनुपर्ने बताए । उनले फिल्ममा गेमको पार्ट खिच्दा अन्य फिल्म खिच्नु भन्दा मुश्किल भएको प्रतिक्रिया दिए ।

जनताले विश्वास मानिसकेको राष्ट्रिय गेम सरकारले हटाए पनि जनताले मनबाट हटाउन नसक्ने बताए । संसारभर डण्डिबीयो नियम एउटै नभएकाले आफूहरुले नेपालको डण्डिबीयो संघको नियम अनुसार खेलेको बताए । दर्शकको भिडभाडबाट सँधै बाहिर बस्छ भन्ने कुरालाई खगेन्द्रले अस्विकार गरे । फिल्मका निर्देशक छेतेन गुरुङले आज आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए । निर्देशक गुरुङले आफूलाई अर्गानिक फिल्म बनाउने इच्छा बमोजिम यो फिल्म बनाएको बताए । त्यस्तै, अभिनेता बुद्धि तामाङले आफ्नो फिल्म लगातार लागिरहदा दर्शकले बोर मान्नुपर्ने आबश्यक नभएको बताए ।

उनले आफूले चिनी नभएर दाल्चिनी भएको बताए । आफू सानो कलाकार भएकाले दयाहाङलाई सुझाव दिन सक्ने आफूसँग क्षमता नभएको बताए । कलाकार तामाङले आफू स्टारडममा कन्फ्युज भएको बताए । कलाकार बुद्धिले ‘डमरुको डण्डिबीयो’ मा आफ्नो क्यारेक्टर कसरी आयो भन्ने कुरा आफूलाई भन्दा पनि खगेन्द्र लामिछानेलाई सोध्न आग्रह गरे । त्यस्तै अभिनेता प्रशान्त ताम्राकारले फिल्मको दिल खोलेर प्रशंसा गरे । उनले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए । त्यस्तै, फिल्मकी अभिनेत्री मेनुका प्रधानले डण्डिबीयोको बारेमा थाहा नभएको र सिक्न पाएको बताईन् । प्राय उपस्थित कलाकारले फिल्म निकै फरक धारमा बनेको प्रतिक्रिया दिउका थिए ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video