भुवन केसीद्वारा ‘क्याप्टेन’ र अनमोलका बारे नयाँ रहस्य खुलासा, क्याप्टेनका लागि के गर्दैछन् यतिबेला अनमोल ? (भिडियो)

काठमाडौं–
युवा स्टारर अनमोल केसी यतिबेला ‘क्याप्टेन’ फिल्मको छायांकनमा व्यस्त छन् । आज सुत्रको टिम अनमोलको घरसम्मै पुगेर अनमोलको घरमै पुगेर बर्ष ७५ कै बिग फिल्म क्याप्टेन’ र अनमोलको बारेमा सकेसम्म लुकेका कुरा खोतल्ने प्रयास गरेको छ । अभिनेता अनमोलका पिता समेत रहेका नेपाली सिनेजगतका सदाबहार नायक भुवन केसीले ‘क्याप्टेन’ तथा अनमोलको चरित्रकाबारेमा जानकारी दिने प्रयास गरेका छन् ।

दुई दिन पछि फ्लोरमा जान लागेको ‘क्याप्टेन’ मा अनमोल विल्कुलै फरक धारमा देखिने तयारीमा रहेको बताईएको छ । यसअघि क्याप्टेकनको दुइृ दिन शुटिङ भैसकेको भुवनले बताए । कमर्शियल लवस्टोरी फिल्ममा नेपालमा राष्ट्रिय खेलाडी हुनका लागि एउटा खेलाडीको संघर्ष फिल्ममा देखाउन कोसिस गरेको अभिनेता भुवन केसीले बताए । उनले फिल्ममा एउटा खेलाडीले राष्ट्रको लागि के के गर्न सक्छ भन्ने कुरालाई फिल्ममा देखाउन खोजेको पनि बताए । अभिनेता भुवनले ‘क्याप्टेन’ मा अनमोलले गरिव परिवारको छोराको भूमिका निभाउन लागेको बताए ।

उनले नेपाली खेलाडीहरुले भोगेको पीडा आफ्नो फिल्ममा रहेको बताए । त्यति मात्रै होइन फिल्ममा उनले हिरोले फुटवल जित्ने पनि खुलासा गरे । अभिनेता केसीले राम्रो फिल्म बनाउन प्राविधिक तथा आर्थिक रुपले नेपालमा धेरै कठिन कुरा भएको बताए । त्यसमा पनि २२ जनाले खेल्ने फुटवल खेललाई देखाउन निकै कठिन रहेको भन्दै धेरैल सहयोग गर्ने बाचा गरेकाले आफूले राम्रो फिल्म बनाउन सक्ने आशा रहेको बताए । क्याप्टेन फिल्म अनमोलले धेरै मिहिनेत गरेको भन्दै, अनमोलले यतिबेला एन्फामा पुगेर फुटवल प्राक्टिस गरिरहेको बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video