पहिलोपटक दर्शकसँगै फिल्म हेरे खगेन्द्रले, हल–हलमा सेल्फि खिच्ने युवतीबाट यसरी घेरिए (भिडियो)

काठमाडौं–
शुक्रबारदेखि नेपाली हल हलमा छिरेको खगेन्द्र लामिछानेको बहुप्रतिक्षित फिल्म ‘ डमरुको डण्डिबियो’लाई दर्शकले निकै मन पराएका छन् । त्यति मात्रै होईन फिल्मका मुख्य कलाकारको रुपमा रहेका अभिनेता खगेन्द्र लामिछानेले पहिलोपटक दर्शकसँग बसेर फिल्म हेरेका छन् । अभिनेता खगेन्द्रका फ्यानहरु फिल्म हेरेर हल बाहिर निस्कदा निकै खुशी देखिन्थे ।

उनीहरुले फिल्मको र अभिनेता खगेन्द्रको मुक्त कण्ठले प्रशंसा गरेका थिए । कतिपय दर्शकले नेपाली राष्ट्रिय खेलमा आधारित डण्डिबियोको कथामा बनेको फिल्मलाई अर्गानिक फिल्मको संज्ञा समेत दिएका थिए । पहिलोपटक दर्शकसँग बसेर फिल्म हेरेका खगेन्द्रलाई उनका महिला फ्यानहरुले घेरेर राखेका थिए । उनीसँग महिलाहरुले सेल्फि खिच्न तछाड मछाड गरेका थिए । अभिनेता खगेन्द्रले फिल्म हेरेर बाहिरिएका दर्शकले तपाईको फिल्ममा केही नयाँ पाईन्छ त्यई भएर आएको भन्दा निकै खुसी लागेको बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video