अनमोलसँगै ‘क्याप्टेन’मा प्रशान्त पनि देखिदै

काठमाडौं–
युवा स्टारर अनमोल केसीको महत्वकाङ्क्षी फिल्म क्याप्टेन यतिबेला धमाधम छायांकन भैरहेको छ । छायांकन अगावैबाट चर्चा कमाउन सफल यो फिल्ममा यसअघि निकै चर्चा कमाउन सफल ‘ऐश्वर्य’ बाट डेब्यु गरेका अभिनेता प्रशान्त ताम्राकार पनि देखिने भएका छन् । खलनायकको भूमिकाबाट पनि नायक बराबर चर्चा कमाउन सफल अभिनेता ताम्राकार ‘क्याप्टेन’ मा पनि नेगेटिभ भूमिकामा नै देखिने भएका छन् । यो फिल्मको छायांकन सुरु भएको छ ।

प्रायः फिल्ममा धनी घरानाको पात्रका रुपमा देखिने अनमोल यो फिल्ममा भने पहिलो पटक फुटबल खेलाडी र गरिवको सन्तानको रुपमा देखिने निर्माण टिमले जनाएको छ । उनीसँगै कोएक्टरको रुपमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् । यी दुई लेडीको लागि ‘क्याप्टेन’ डेब्यु फिल्म रहेको छ । फिल्मको निर्देशन यसअघि ‘ऐश्वर्य’ निर्देशन गरेका निर्देशक दिवाकर भट्टराईले गर्दैछन् । फिल्ममा अभिनेता सरोज खनाल पनि मुख्य भूमिकामा देखिनेछन् । नायक भुवन केसीले निर्माण गर्न लागेको फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको बताईएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video