विश्वका कान्छा निर्देशकद्वारा निर्देशित ’हैरान’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं–
सार्वजनिक टिजर तथा गीतसंगीतको कारण चर्चामा रहेको फिल्म ’हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मको कथासारलाई प्रस्ट्याईएको छ । जेठ ४ गते प्रदर्शनमा आउने फिल्मको सार्वजनिक ट्रेलरमा सम्पूर्ण कलाकारलाई अटाएको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् ।

अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले ,सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

गजित विष्ट – फिल्मको टाइटल गीत र टिजरपछी ट्रेलर सार्वजनिक गरेका छौ । टिजर र गीतले राम्रो रेस्पोन्स पाइरहेको छ भने सार्वजनिक टिजरलाई पनि दर्शकले रुचाउनु हुन्छ भन्ने आश छ । हामी यतिबेला मोफसल टुरमा छौ , यहाँ दर्शकले दिनु भएको प्रतिक्रिया निकै सकारात्मक छ । फिल्मको टिजर र ट्रेलर भन्दा फिल्म मनोरञ्जनात्मक छ । यो त केवल ट्रेलर मात्र हो ।

सौगात विष्ट- डेब्यु फिल्ममा मैले एउटा फ्यामिली ड्रामा प्रस्तुत गरेको थिए । यसमा सोसस ड्रामा मिश्रित छ भने कमेडी मात्र होइन एक्सन पनि उत्तिकै छ । यसपटक मलाइ मेरो अंकल गम्भीर विष्टले टेक्निकल निर्देशकको रुपमा सहयोग गर्नु भएको छ । अहिलको हाम्रो समाजमा जीवनयापनको क्रममा विविध समस्यामा पर्ने पात्रको भोगाईलाई यसमा प्रस्तुत गरिएको छ ।
ट्रेलर हेर्नुहोसः

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video