आफ्नै निर्देशनमा रेखाले सुरु गरिन् ‘मालिका’

काठमाडौं–
रेखाफिल्मसको पाँचौ प्रस्तुतीमालिकाको छायाँकन सुरु भएको छ । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै रेखा थापाले बालुवाटारबाट फिल्मको छायाँकन सुरु गरेकी हुन् । ‘मालिका’लाई रेखा आफैले निर्देशन गर्दैछिन् । छायाँकनको पहिलो दिन रेखा र नर बहादुर कार्कीको बालुवाटारमा आउटडोर सट भएको मुख्य सहायक निर्देशक नवराज आचार्यले जानकारी दिए । ‘करिब दश दिनको काठमाण्डौंको सुटिङपछि हामी बाहिर निस्किन्छौ ।’ आचार्यले भने ।

राजधानीपछि ‘मालिका’को कोहलपुर र जाँजरकोटमा छायाँकन हुनेछ । ‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

रेखाको आफ्नै कथा र कन्सेप्ट रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहेको बुझिएको छ । ‘मालिका’लार्इ लक्ष्मीपूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । हिम्मतवालीपछि रेखा ‘मालिका’मार्फत निर्देशनमा फर्किएकीहुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video